Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

खोटाङमा एमाले पहिलोबाट तेस्रोमा सिमित

खबरडबली संवाददाता

खोटाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार नेकपा (एमाले) दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा सीमित भएको छ ।

 विसं २०७४ को चुनावमा पाँच पालिका प्रमुख, सात उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमालेले यस पटकको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐँसेलुखर्क गाउँपालिकामा प्रमुख तथा रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको हो । अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, रावाबेँसी गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा ऐँसेलुखर्क र बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको थियो । 

यस वर्षको निर्वाचनमा सत्तारुढ चार दल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले ठूलो क्षति बेहोरेको हो । विसं २०७४ मा चार प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको कांग्रेसले यस पटक छ प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ । 


कांग्रेसले यस पटकको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकामा प्रमुुख र उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी, बराहपोखरी, साकेला र रावाबेँसी गाउँपालिकामा प्रमुख तथा ऐँसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको हो । यसअघि कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख तथा उपप्रमुख, एँेसेलुखर्क र बराहपोखरीमा प्रमुख तथा साकेलामा उपप्रमुख जितेको थियो । 

अघिल्लो निर्वाचनमा एक प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यस पटक दुई प्रमुख, दुई उपप्रमुख र २३ वडाध्यक्ष जितेको छ । विसं २०७४ मा साकेला गाउँपालिका प्रमुख जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको छ । 

खोटेहाङ गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सत्तारुढ चार दलबीच चुनावी गठबन्धन थियो भने साकेला गाउँपालिकामा एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो । भर्खरै स्थापना भएको नेकपा ९एकीकृत समाजवादी०ले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । चुनावी तालमेलमा सहभागी एकीकृत समाजवादीले सत्तारुढ चार दलीय गठबन्धनको तर्फबाट बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको हो । 

यस्तै जनता समाजवादी पार्टीले पनि एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । कांग्रेस बाहेक तीन दल नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादीबीच चुनावी तालमेल भएको केपिलासगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट जसपाले उपप्रमुख जितेको हो । अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एउटा वडाध्यक्ष जितेको राप्रपाले यस पटकको निर्वाचनमा एउटा सदस्यसमेत जित्न सकेन ।  खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका चन्द्रबहादुर थापा विजयी भएका छन् । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐँसेलुखर्क, खोटेहाङ, जन्तेढुङ्गा, बराहपोखरी र रावाबेँसी गाउँपालिकामा कांग्रेससहितको चुनावी गठबन्धन भएको थियो । हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, दिप्रुङ चुइचुम्मा र साकेलामा भने कांग्रेस एक्लै प्रतिस्पर्धामा थियो । कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको पालिकामा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी मात्रको चुनावी तालमेल भएको थियो । कतिपय ठाउँमा तालमेल नमिल्दा गठबन्धनले पनि हार बेहोरेका छन् । 

गठबन्धन भएको ऐँसेलुखर्क गाउँपालिकामा गाउँपालिका प्रमुखका साझा उम्मेदवार माओवादी केन्द्रका श्रीबहादुर राई र रावाबेँसी गाउँपालिकामा उपप्रमुखका साझा उम्मेदवार लीलानारायण श्रेष्ठ पराजित भएका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा १९ वटा राजनीतिक दलले भाग लिएका थिए । एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८७ हजार ८८ जना मतदाताले मतदान गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy