Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बलात्कारीलाई कार्बाहीको कानून संशोधन चालू अधिवेशनमै: मन्त्री रेग्मी

खबरडबली संवाददाता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कार्बाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसद्मा पेश गर्न पहल गर्ने प्रतिबद्धता जनाएकि छन्।
 
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री रेग्मीले आफ्नो पहल सफल नभए दबाबका लागि सबै महिलाको सहयोग माग्ने बताइन् । ‘यौन हिंसा÷दुव्र्यवहारसम्बन्धी विद्यमान हदम्यादको व्यवस्था’ छलफल गर्ने विषयमा समितिमा भएको बैठकमा मन्त्री रेग्मीले बलात्कारका विषयमा उजुरी गर्न हदम्याद राख्न नहुने बताइन् । 
 
“यस विषयमा छलफल गर्न आजै मन्त्रालयमा बैठक डाकेकी छु, मन्त्रालयमा छलफल गरी कानून मन्त्रालय एवं सरोकार भएका निकायको रायसुझावका आधारमा कानून संशोधनको प्रक्रिया अघि बढ्छ”, उनले भनिन्। 

मन्त्रालयको बजेट सिलिङ एक अर्ब ४५ करोड

जनसङ्ख्याको ७५ प्रतिशत नागरिकको प्रतिनिधित्व गर्ने मन्त्रालयलाई रु ८० करोड बजेट विनियोजन गर्ने गरेकामा यस वर्षदेखि रु एक अर्ब ४५ करोडको सिलिङ तोक्न सफल भएको मन्त्री रेग्मीको भनाइ थियो । 

जिल्लास्थित महिला कार्यालय हटाउँदा महिलाको विषय लिएर सम्पर्क गर्ने स्थान पनि नभएर मन्त्रालयमै आउनुपर्ने अवस्था रहेकाले जिल्ला समन्वय समितिमा सम्पर्क एकाइ राख्ने गरी सरकारको नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गर्न मन्त्रालयले माग गरेको छ । 
 
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले महिलामाथि हुने बलात्कारका दोषीलाई कारबाही गर्न कानूनमा के संशोधन गर्न सकिन्छ भनी आजै आफूले कानून आयोगसँग छलफल गरेको जानकारी दिए। संशोधन गर्नुपर्ने विषय अध्ययन गरी ल्याउन आयोगलाई निर्देशन दिएको पनि उहाँले बैठकमा सुनाए । सरकार कानून संशोधन गर्न प्रतिबद्ध रहेको जानकारी पनि मन्त्री बन्दीले दिए। 
 
समिति सभापति निरुदेवी पालले महिला, कानून, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सरोकारवाला निकायबीच छलफल र समन्वय गरी छिटो कानून संशोधन गर्न निर्देशन दिए । बलात्कार गर्नेलाई हदैसम्मको कानूनी कारबाही गर्ने व्यवस्था गरी कार्यान्वयन गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
 
बैठकमा सांसदहरु पुष्पा भुसाल, विनाकुमारी श्रेष्ठ, बिमला विक, अनिता देवकोटा, विमला राई पौडेल, प्रमिलाकुमारी, विन्दा पाण्डे, अमृता थापा, ध्रुवकुमार शाही, लक्ष्मी परियार, नारायण खतिवडा, अञ्जना विसङ्खे, हीरा गुरुङ, थममाया थापालगायतले बलात्कारका घटनामा हदम्यादभित्र उजुरी गर्ने व्यवस्था व्यावहारिक नभएको भन्दै यसको संशोधन गरिनुपर्नेमा जोड दिए ।
 
पछिल्लोपटक एक महिलाले सामाजिक सञ्जालमा विसं २०७१ को सुन्दरी प्रतियोगिताका आयोजकले होटलमा बोलाएर बलात्कार गरेको घटना सार्वजनिक गरेपछि यस विषयमा बहस चलेको छ । पीडितले नौ वर्षसम्म बोल्न नसकी यससम्बन्धी अध्ययन गरेर विषय बाहिर ल्याएको उल्लेख गर्दै समितिले दोषी कानूनी कारबाहीबाट उन्मुक्ती नहुने वाताबरण बनाउन जोड दिएको छ ।
 
कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले दोषीलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याउन कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: