काठमाडौं । नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)ले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गर्दै आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालालाई ज्ञापनपत्र बुझाएको छ । एक सुन्दरी प्रतियोगितको आयोजकले एक युवतीलाई लगातार यौनहिंसा गरेको घटना सार्वजनिक भएपछि बलात्कार जस्ता जघन्य घटनामा हदम्याद हटाउनुपर्ने माग क्रान्तिकारीले राखेको हो ।
“कानुनमा संशोधन गरेर हदम्याद हटाउन माग गर्दै ‘मुलुकी ऐन, २०२० मा भएको व्यवस्था हेर्ने हो भने जबरजस्तीकरणीको उजुरी गर्न ३५ दिनको मात्र म्याद दिइएको थियो”, ज्ञापनपत्रमा उल्लेख छ । नयाँ संविधान जारी भएपछि विभिन्न कानुनमा रहेका लैंगिक असमानता हटाउन ल्याइएको एनले जबरजस्ती करणी उजुरीको हदम्याद एक वर्ष बनाइएको छ ।
क्रान्तिकारीले यो तथ्यका आधारमा कानुन आवश्यकता अनुसार संशोधन हुँदै जान्छ भन्ने पुष्टि गरेको ज्ञापनपत्रमा उल्लेख छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार जबरजस्ती करणी जस्तो संवेदनशील, जघन्य महिला विरुद्धको अपराधमा संकुचित हदम्यादको कारण पीडितले न्यायबाट वञ्चित हुनुपरेको र पीडकको मनोबल वृद्धि हुने अवस्था देखिँदा तुरुन्त हदम्याद खारेजीका लागि कानुन संशोधन गर्न जोडदाररुपमा माग गरिएको छ ।
बलात्कार घटनासँग सम्बन्धित पीडित तथा पीडित परिवारमा पर्न सक्ने दबाब र प्रभावलाई मध्यनजर गर्दै पीडितको सुरक्षाको उचित व्यवस्थापन गर्न माग गरिएको अध्यक्ष सिंहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: