Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सप्तरीमा कांग्रेस बन्यो ठूलो दल

खबरडबली संवाददाता

सप्तरी । स्थानीय तहको  निर्वाचनमा जिल्लाका पाँच पालिकामा  प्रमुख जित्दै नेपाली कांग्रेसले आफ्नो पूर्ववत अवस्था कायम राखेको छ ।

कूल १८ वटा स्थानीय तहमध्ये कांग्रेसले सात उपप्रमुख र ४१ वडा अध्यक्षसमेत जितेको हो । विसं २०७४ को चुनावमा पनि कांग्रेसले पाँच प्रमुख र सात उपप्रमुखमा विजयी हासिल गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको  छ ।

यसअघि जित हासिल गरेको सुरुङ्गामा कांग्रेस प्रमुख र उपप्रमुखमा निर्वाचित हुन सके पनि शम्भुनाथ नगरपालिका तथा विष्णुपुर, राजगढ र अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा भने कांग्रेसले नेतृत्व दोहो¥याउन सकेन । नयाँ पालिकाको रूपमा सप्तकोसी र कञ्चनरूप नगरपालिका तथा तिलाठी कोईलाडी र तिरहुत गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर कांग्रेसले पहिलेको अवस्था कायम राखेको कांग्रेसका जिल्लाअध्यक्ष रामदेव साह बताउनुहुन्छ । यसअघि जितेको विष्णुपुर र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको अध्यक्ष गुमाएको कांग्रेसले उपाध्यक्षमा भने विजयी भएको छ । 

पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरीमा जनता समाजवादी पार्टीलाई नराम्रो धक्का लागेको छ । जसपाले यसपटक दुई पालिका प्रमुख र एक गाउँपालिका अध्यक्षमा चित्त बुझाउनुपरेको छ । राजविराज र बोदे बर्साइन नगरपालिकाको प्रमुख, उपप्रमुख तथा विष्णुपुर गाउँपालिकाको अध्यक्ष जितेको जसपाले राजगढ गाउँपालिका तथा खडक र हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखमा मात्र जितेको छ । वडामा भने सबैभन्दा बढी ४६ वडाध्यक्ष पदमा जसपा विजयी भएको छ । 

अघिल्ला स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमले सप्तरीको बोदे बर्साइन र खडग नगरपालिका तथा तिरहुत, महादेवा र बलान बिहुल गाउँपालिका जितेको थियो । तीमध्ये बोदे बर्साइनमा जसपाले जित कायम राखेको छ । अघिल्लो निर्वाचनमा छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष जितेको तत्कालीन नयाँ शक्ति पार्टी जसपामै समायोजन भएको थियो । त्यहाँ अहिले  लोसपाले जितेको छ । 

तत्कालीन सङ्घीय समाजवादी फोरम र राजपा मिलेर बनेको जसपा केही वर्षमा फुटेर जसपा र लोसपामा विभाजन भएको थियो । जसपा र लोसपा बनेपछि फोरमबाट निर्वाचित पदाधिकारी जसपामै रहेका थिए । राजपाबाट निर्वाचित पाँच पालिका प्रमुखमध्ये रूपनी गाउँपालिका तथा राजविराज, डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख जसपामै बसे । राजपाबाट निर्वाचित चारपालिकामध्ये तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्षले मात्र लोसपा रोजे । 

यी सबै समायोजनका कारण निर्वाचनपूर्व सप्तरीमा १८ मध्ये जसपाको १० स्थानीय तहमा नेतृत्व थियो । मनोनयनकै दिन राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादव माओवादी प्रवेश गरेर उम्मेदवारी दिनुभए पनि जसपाले जित हासिल गरेको छ । यसैगरी विष्णुपुर गाउँपालिकाको अध्यक्षमा यसअघि कांग्रेसले जितेकामा अहिले जसपा  निर्वाचित भएको छ । बोदे बर्साइन नगरपालिकामा पुरानो विरासत जोगाउन जसपा सफल भएको छ ।

त्यसबाहेक जसपाले अन्य पालिकाको नेतृत्व गुमाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरीको क्षेत्र नम्बर २ मा रहेको चार पालिकामध्ये जसपाले तीन वटामा हार बेहोरेको छ । महादेवा र छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपा तथा तिलाठी कोइलाडीको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । जिल्ला र प्रदेशस्तरमा नेताहरूले पार्टीकै उम्मेदवारको विरोध गरेर अन्तर्घात गरेकाले जसपाले धेरै सिट गुमाउनुपरेको बताउँदै जसपाका युवा नेता तारकेश्वर यादवले त्यस्ता व्यक्तिले तुरुन्तै राजिनामा दिनुपर्नेमा जोड दिए । 

अघिल्लो निर्वाचनमा सप्तकोसी र कञ्चनरूप नगरपालिकाको प्रमुखमा जितेको एमालेले यसपटक ती दुवै पालिका जोगाउन नसके पनि यसअघि नजितेको तीन पालिकामा जित हासिल गरेको छ । एमालेले कांग्रेसले जितेका अग्नीसाइर कृष्णसवरन र राजगढ गाउँपालिकाको प्रमुखमा जित्नाका साथै जसपाले जितेको डाक्नेश्वरी नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा पनि जितेको छ  । जसपा र कांग्रेसपछि एमालेले आफ्ना २४ जनालाई वडा अध्यक्षमा निर्वाचित गराउन सफल भएको छ ।  

जिल्लाको पाँच वटा पालिका जितेको तत्कालीन राजपा यसपटक तीन वटा गाउँपालिको अध्यक्षमा सिमित भएको छ । महादेवा, रूपनीमा अध्यक्ष र उपाध्यक्ष जितेको राजपाले छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ । पार्टी एकता र विभाजनपछि पाँचमध्ये चार वटा पालिका प्रमुख जसपातिर लागेपनि प्रमुख पदमा जसपा जत्तिकै जित हासिल भएको  राजपाका जिल्लाअध्यक्ष सुनिल झा बताउनुहुन्छ । लोसपाले आफ्नो नेतृत्वमा  रहेको तिलाठी कोईलाडी गाउँपालिका जोगाउन नसके पनि जिल्लाका तीन गाउँपालिकाको अध्यक्ष र दुई उपाध्यक्ष जितेको छ । महादेवा र रूपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार विजयी भएका  छन् । लोसपा जिल्लामा १२ वडाध्यक्षमा मात्र जित्न सफल भएको छ ।

पहिलो पटक निर्वाचनमा भाग लिएको सिके राउत नेतृत्वको जनमत पार्टीले जिल्लाको बलान बिहुल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा जितेको छ । सिके राउतको गृहपालिका महादेवाको वडा २ जनमत पार्टीले जितेको छ भने गाउँपालिकामा बहुमतका साथ लोसपाले जितेको छ । जसपाले सुरक्षित पालिका मान्दै आएको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पद जनमत पार्टीले खोसेको छ । पूर्व नगर प्रमुख भएका छन् । यस्तै जसपाकै अध्यक्ष र उपाध्यक्ष रहेको बलानबिहुल गाउँपालिकामा एउटा वडा अध्यक्षमा जसपा समेटिएको छ । जसपाबाट अध्यक्ष र उपाध्यक्ष दुवै पद यसपटक जनमत पार्टीले खोसेको छ । जनमत पार्टीले जिल्लाका सात वटा वडाध्यक्षसमेत जितेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा एउटै पालिका प्रमुख र उपप्रमुख जित्न नसकेको नेकपा (माओवादी केन्द्र)ले यसपटक खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष जित्न सफल भएको छ । नेकपा (एकीकृत समाजवादी) सँगको गठबन्धनमा माओवादीले खडग नगरपालिकाको प्रमुख जितेको हो । गठबन्धनमा रहेकोसमाजवादीका उपप्रमुख उम्मेदवार खडक नगरपालिकामा प्रमुखभन्दा आधा मत मात्र पाएर तेस्रो स्थानमा सीमित भएका छन् । माओवादीले जिल्लाको २० वटा वडामा जितेको छ ।

समाजवादीले शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । उक्त दलले शम्भुनाथ नगरपालिकामा पाँच, सुरुङ्गा नगरपालिकामा चार, खडक नगरपालिकामा दुई, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिकामा एक/एक वडाध्यक्ष जितेको छ । राप्रपाले राजविराज नगरपालिकाको वडा नम्बर १३ मा त्रिलोकीनाथ चौधरीलाई वडाध्यक्षमा जिताउन सफल भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending