Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सरकारले आठ सय किलोमिटर सडक र तीन सय पुल निर्माण गर्ने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा थप ८०० किमी सडक निर्माण, २५७ किमी स्तरोन्नति गर्ने र ३०० पुल निर्माण गर्ने भएको छ । 

आज बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधीन सडक सम्पन्न गर्ने र आधुनिक सडक निर्माण सरकारको योजना रहेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गलाई बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण एशियन हाइवे स्तरमा स्तरोन्नति गर्ने नीतिअनुरुप कामलाई तीव्रता दिइने उनले बताए । पथलैया–कमला र पथलैया–नारायणगढ खण्डको निर्माण सुरु गरिने भएको छ । 

काठमाडौँ तराई मधेस दु्रतमार्ग तोकिएको समयमा सम्पन्न गर्न निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रिय राजमार्ग र तराई÷मधेसका जिल्ला सदरमुकाम जोड्ने सडकलाई मापदण्डका आधारमा कम्तीमा चार लेनमा स्तरोन्नति गरिने छ । सप्तरीको गोविन्दपुर–छिन्नमस्ता हुँदै उदयपुरको गाईघाटसम्मको सडक निर्माणलाई प्राथमिकता दिइने सरकारको योजना छ । 

चक्रपथलगायत काठमाडौँ उपत्यकाका सडक बिस्तार र स्तरोन्नति गर्नुका साथै सम्भाव्य स्थानमा फ्लाई ओभर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । तीन तहको सरकारको साझेदारीमा कालोपत्र सडक नपुगेका स्थानीय तहमा सडक निर्माण गरी प्रादेशिक तथा राष्ट्रिय सडक सञ्जालसँग आबद्ध गरिने बताइएको छ । 

राष्ट्रिय गौरबका कालीगण्डकी, कर्णाली र कोसी करिडोर निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । कर्णाली करिडोरमा बाँकी ट्याक खोल्ने काम सम्पन्न गरेर आगामी वर्ष हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोडिने उल्लेख छ । 

हुलाकी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग दु्रतरुपमा सम्पन्न गर्ने कार्यक्रममा उल्लेख छ । गल्छी–रसुवागढी सडकलाई दुई लेनको कालोपत्रमा स्तरोन्नति गरिनेछ । चन्द्रनिगाहपुर–गौर सडक चार लेनमा स्तरोन्नति र भारतीय सीमा नजिकका प्रमुख व्यापारिक नाकालाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडक स्तरोन्नति प्राथमिकता दिइने योजना छ । 

मदन भण्डारी राजमार्गमा बाँकी काम चाँडो सम्पन्न गरिने छ । त्रिभुवन राजमार्गलगायत प्रमुख राजमार्गमा सुरुङमार्ग, फ्लाई ओभर, अण्डर पाससहित आधुनिक सडक सञ्जाल विस्तार गरिने छ । सिस्नेखोला–नागढुङ्गासम्मको मुख्य सुरुङको निर्माण सम्पन्न गरिने र सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने बताइएको छ । आगामी वर्ष नै पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवाल खण्डको दाउन्नेमा तथा पृथ्वी राजमार्गको मझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङ निर्माण गर्न पूर्वतयारी गरिनेछ । 

आगामी वर्ष स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गरिने कार्यक्रममा उल्लेख छ । महाकाली नदीमा निर्माणाधीन दोधारा चाँदनी जोड्ने चार लेनको पुल निर्माण सम्पन्न गरिनेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending