Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

२१ जनामा सङ्क्रमण पुष्टि

खबरडबली संवाददाता

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६२८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार २५ जनाले पिसीआर र एक हजार ६०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

सो अवधिमा १३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार २४ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ३८५ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १२९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १२९ जना सङ्क्रमित रहेका छन् । 

हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्सा, सप्तरी, रौतहट, बारा, दोलखा,  सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, प्युठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, सुर्खेत, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३७, ललितपुर एक र भक्तपुरमा दुई सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ दशमलव दुई प्रतिशत छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेश, २३ सांसदको समर्थन

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...

सुनसरी तनावबारे गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक, सुरक्षा रणनीतिमाथि छलफल

काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...

नेपाली काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...

सुनसरी घटनालाई लिएर राजनीति नगर्न रास्वपाको आग्रह, दोषीमाथि निष्पक्ष छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...

सुनसरीको पूर्व-पश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...

काङ्ग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनप्रति संयोजक प्रचण्डद्वारा दु:ख व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...

धौलिगङ्गा बाँध खोलिँदै, महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...

स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको आपत्ति, वार्ताबाट समाधान खोज्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...

उद्योगमन्त्री यादवद्वारा काभ्रेका ग्यास उद्योगको निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending