काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बीच अन्तिम मतपरिणाम नआउँदै भेटवार्ता भएको खुलेको छ।
साहले अन्तिम निर्वाचन परिणाम आउनु अघि नै अध्यक्ष ओलीसँग भेट गरेको तस्वीर सार्वजनिक भएको हो। ओली र साहबीचको भेटवार्ताले राजनीतिक वृत्त गर्माएको छ।
एमाले सांसल शान्ता चौधरीले ओली र बालेनको भेटलाई अर्थपूर्ण भनेकी छन्। उनले फेशबुकमा ओली र बालेनको भेटको फोटो राख्दै बालेनलाई बधाई दिएकी छन्।
त्यसो त काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको जित हुँदा शिर्ष नेताहरुले मुख खोल्दा ओलीले केही प्रतिक्रिया दिएका छैनन्। ओली र बालेनको भेटको तस्वीर सार्वजनिक हुनु र ओलीको मौनताले थप अर्थपूर्ण बनाएको छ।
त्यसो त निर्वाचित भएलगत्तै बालेनले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटगेरेको भन्दै आलोचना भइरहेको छ।
बालेनसहित पाँचजनाको टिम ओलीलाई भेट्न बालकोट पुगेको अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जनाकारी दिए। उनीहरुले केहीबेर सामूहिक भेटघाट गरेको र त्यसपछि दुईजनाबीच एक्ला एक्लै भेट भएको थियो।
बालेन बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकोले अध्यक्ष ओलीले शुभकामना दिएका थिए। आफूले मेयरमा जित्ने निश्चित भएपछि दलका नेताहरु मध्ये पहिलो पटक अध्यक्ष ओलीलाई भेट्न बालकोट आएको बालेन समूहले बताएको थियो।
काठमाडौं महानगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर बालेनले केही सुझाव मागेको बुझिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: