बागलुङ । कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।
यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका तीन ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो ।
पाँचवटै ट्र्याक्टर र सामग्री बागलुङ नगरपालिकालाई बुझाइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । बुधबार प्रहरीले कालीगण्डकी किनारबाट ध१त ४१७ र लु४त ८३६३ नंको ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
“अदालतले नदीजन्य पदार्थको उत्खनन रोकेको छ, सोहीअनुसार सहयोग गर्न प्रहरीलाई भनेका छौँ”, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भने।
प्रहरीले बुधबार ध१त ३५५, ध१त २३७ र ध१त ४५८ नंको ट्र्याक्टर नियन्त्रणमा लिएर बागलुङ नगरपालिकालाई बुझाएको छ । ट्र्याक्टर चालकबाट पहिलोपटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रोपटकमा रु २० हजार जरिवाना असुल्ने कानुनी व्यवस्था छ ।
जैमिनीमा आइतबार पनि सेवा प्रवाह
बागलुङको जैमिनी नगरपालिकाले आइतबारको बिदा नदिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बिहीबारको बैठकले नगर क्षेत्रभित्र आइतबार बिदा नदिने निर्णय गरेको हो ।
नगर क्षेत्रका सरकारी तथा संस्थागत कार्यालय खुला गर्दा इन्धन खपतमा असर नपर्ने भएकाले सेवा प्रवाह नरोक्ने निर्णय गरिएको उपप्रमुख हरिहर शर्माले बताए।
जैमिनीले वडा तहमा योजना सम्झौता र फरफारकका लागि तयारी गरेको छ । जैमिनीले गर्भवती र सुत्केरी स्वास्थ्यचौकी जानुपर्दा यातायातको साधन चाहिएमा नगरपालिकाले प्रबन्ध गराउने गरी कार्यविधिसमेत बनाउन लागेको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: