Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

माधव नेपाल प्रकरणमा आज सुनुवाइ अनिश्चित, सरकारी कागजात नआउँदा पेसी प्रभावित

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरकारी पक्षले आवश्यक कागजात पेश गर्न समय माग गरेपछि आज सुनुवाइ हुने सम्भावना न्यून भएको विशेष अदालत स्रोतले जनाएको छ।

पतञ्जली जग्गा प्रकरणमा नेपालसहितका प्रतिवादीविरुद्ध दायर मुद्दा विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा परेको थियो। तर सरकारी वकिलका तर्फबाट पेश हुनुपर्ने केही कागजात तयारी नभएकाले थप समय माग गरिएको हो।

यसअघि चैत १६ गतेको पेसीमा इजलासले सबै पक्षलाई बहस नोट पेश गर्न आदेश दिएको थियो। आदेशअनुसार अधिकांश पक्षले बहस नोट बुझाइसकेका छन्। तर सरकारी पक्षबाट आवश्यक कागजात नआएकाले अन्तिम सुनुवाइ अघि बढ्ने सम्भावना कम देखिएको छ।

मुद्दाको पृष्ठभूमि

पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जग्गा अनियमितता प्रकरणमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि २०८२ जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार हदबन्दीभन्दा बढी जग्गा छुट दिने सम्बन्धी मन्त्रिपरिषद् विधेयक समितिको २०६६ माघ १८ गतेको निर्णय कार्यान्वयनका लागि २०६६ चैत २४ गते मात्र मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा पत्राचार गरिएको देखिन्छ। तर त्यसअघि नै तत्कालीन प्रधानमन्त्रीको निर्देशनमा सम्बन्धित मन्त्रालयबाट हदभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको आरोप छ।

मन्त्रिपरिषद्ले २०६६ चैत ६ गतेको बैठकबाट चलालगणेशस्थान, साँगा र महेन्द्रज्योति गाविसस्थित हदभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न स्वीकृति दिएको अख्तियारको दाबी छ। सो निर्णय कार्यान्वयनका लागि तत्कालीन मुख्यसचिवमार्फत पत्राचार गरिएको उल्लेख छ।

यसैबीच, मन्त्रिपरिषद् र विधेयक समितिको निर्णयअघि नै २०६५ चैत १५ गते सनराइज बैंक लिमिटेडबाट उक्त जग्गा धितो राखेर कर्जा प्रवाह भएको तथ्य पनि अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...

माधव नेपाल प्रकरणमा आज सुनुवाइ अनिश्चित, सरकारी कागजात नआउँदा पेसी प्रभावित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...

गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसबाट तीन जना नयाँ मन्त्री

काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र  ऊर्जा, जलस्रोत तथा खानेप...

बिहीबार रास्वपाको संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...

अझै सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...

जनताको भरोसा गुमाउँदा वामपन्थी पराजित हुन पर्याे : खनाल

नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending