काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने बताएको छ ।
आइतबार सम्पन्न पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रतिवद्ध राजनीतिक दलहरुसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको हो ।
निर्वाचनको मिति घोषणा भएपछि आफ्ना पार्टीको माग र विचारसँग सहमत पक्षसँग चुनावी गठबन्धन गरेर अघि बढने सैद्धान्तिक सहमति बैठकमा जुटेको नेता केशव झाले बताए ।
त्यसैगरी बैठकले संघ र प्रदेशको चुनावलाई लक्षित गरेर पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउने निर्णय पनि गरेको छ ।
‘चुनाव घोषणा भएपछि को सँग सहकार्य गरेर जाने भन्ने विषयमा सैद्धान्तिक कुरा के भयो भने जोसँग हाम्रो विचार मिल्छ । जसले हाम्रो माग सम्बोधन गर्न प्रतिवद्धता जनाउँछ । ती पक्षहरुसँग हाम्रो सहकार्य हुन्छ । अरु पार्टीको संगठन चुस्तदुरुस्त बनाएर निर्वाचनको तयारीमा जुटने निर्णय पनि गरिएको छ ।’ उनले भने ।
शनिबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरसँग भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा पनि अध्यक्ष ठाकुरले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई दवाव दिनु भएको नेता झाले बताए ।
बैठकमा पाँच दलीय गठबन्धनसँग एक्लै भिड्नु परेकाले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष समेत निकालिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०७९ - ०८:३०
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा...
श्रावण २८ गते, २०७९ - ०८:२४
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। शनिबार देशभर आंशिकदेखि ...
श्रावण २७ गते, २०७९ - १२:१०
काठमाडौं। नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र...
श्रावण २७ गते, २०७९ - ११:३०
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका-७ निवासी १८ वर्षीय अर्जुन साहको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी लोहार...
श्रावण २१ गते, २०७९ - ०९:५५
काठमाडौं । मेलम्चीमा भारी वर्षाका कारण मेलम्ची तटिय क्षेत्रमा सतर्कता अपानाउन भनिएको छ । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्...
श्रावण २१ गते, २०७९ - ०९:२३
नारिता । माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपाली...
श्रावण १९ गते, २०७९ - ११:१९
काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्स नेपा...
श्रावण १९ गते, २०७९ - ११:०२
काठमाडौ। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्रीको निर्वाचनका लागि हुने मतदान प्रभावित हुने भएको छ । देशको सरका...
श्रावण १८ गते, २०७९ - ११:४१
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीच भएको लामो टेलिफोन वार्तामा भएको सहमति उल्लंघन गर्दै अमेरिकी सभामुख न्यान्सी...
श्रावण १८ गते, २०७९ - १०:३१
सुनसरी । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीमा बाढीले कटान तिव्र पारेको छ । सुनसरी र उदयपुरको सिमानामा सप्तकोसीको बाढीले कटान तीब्र...
प्रतिकृया लेख्नुहोस्: