काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै धेरै स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ।
प्रहरीका अनुसार काठमाडौं उपत्यका, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा पहिरो र बाढीका कारण यातायात प्रभावित बनेको छ। केही स्थानमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ भने केही सडकमा रातिको समयमा सवारी आवागमन रोकिएको छ।
यी सडक पूर्ण रूपमा बन्द
कान्ति लोकपथ (ललितपुर, बागमती गाउँपालिका–३ पाण्डुर) – पहिरोका कारण पूर्ण अवरुद्ध।
मध्यपहाडी लोकमार्ग (तेह्रथुम, काँडे) – पहिरोका कारण बन्द।
मेची राजमार्ग (इलाम, राजदुवाली) – मुख्य सडक बन्द, वैकल्पिक मार्ग प्रयोग।
अरनिको राजमार्ग (सिन्धुपाल्चोक, चारकिलो–कोदारी) – पहिरोका कारण पूर्ण अवरुद्ध।
त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक (रसुवा) – बाढीपछि पूर्ण रूपमा बन्द।
चामे–बेँसीसहर सडक (मनाङ) – पहिरोका कारण अवरुद्ध।
बेनी–जोमसोम सडक (म्याग्दी, बैसेरी) – पहिरोले बन्द।
बेँसीसहर–मनाङ सडक (लमजुङ, खर्खरे भिर) – पहिरोका कारण अवरुद्ध।
लार्के–बेनीघाट कच्ची सडक (गोरखा) – पूर्ण रूपमा बन्द।
भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) – रुकुम पश्चिमको रिजेगार्ड खोलाको बाढीपछि अवरुद्ध।
आंशिक सञ्चालन भएका सडक
मध्यपहाडी लोकमार्ग (भोजपुर, बोखिम) – वैकल्पिक मार्गबाट एकतर्फी सञ्चालन।
कालीगण्डकी करिडोर (बागलुङ, बेलबगर) – एकतर्फी रूपमा सञ्चालन।
लामासाँघु–रामेछाप सडक (दोलखा, किर्नेटार) – वैकल्पिक मार्गबाट यातायात सञ्चालन।
रातिको समयमा आवागमनमा रोक
सुरक्षाका दृष्टिले केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी) – साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द।
कान्ति लोकपथ (हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर) – साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोक।
प्रहरीले वर्षा जारी रहेकाले पहाडी तथा नदी आसपासका सडकमा यात्रा गर्दा सावधानी अपनाउन, अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न र यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...



प्रतिकृया लेख्नुहोस्: