स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले यसपटक कोशी प्रदेशको नेतृत्व हिक्मतकुमार कार्कीबाट हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन्। यसका लागि पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राई सक्रिय भएर सांसदहरूसँग छलफलमा जुटेका छन्।
शनिबार भएको भेटमा इन्चार्ज राईले कार्कीलाई ‘मार्गप्रशस्त’ गर्न सुझाव दिएको मुख्यमन्त्रीनिकट स्रोतको दाबी छ। राईले भने नेतृत्व परिवर्तनलगायत विभिन्न विषयमा छलफल भएको स्वीकार गरे पनि औपचारिक निर्णय भइनसकेको बताएका छन्।
मुख्यमन्त्री कार्कीले भने आफू संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएकाले पार्टी अध्यक्षको मौखिक निर्देशनका आधारमा राजीनामा नदिने अडान लिएका छन्। उनका अनुसार नेतृत्व परिवर्तन गर्न पार्टीको संस्थागत निर्णय आवश्यक हुन्छ।
दलको नेताबाट हटाउने तयारी
एमालेभित्र कार्कीलाई संसदीय दलको नेताबाट हटाउने गृहकार्यसमेत अघि बढेको बताइएको छ। प्रदेश सभामा एमालेका ४० सांसद छन् भने उपसभामुख सिर्जना दनुवार मतदानमा सहभागी हुन नपाउने भएकाले दलको नेतासम्बन्धी निर्णयमा ३९ सांसद मात्र रहनेछन्।
एमाले संसदीय दलको विधानअनुसार दलको नेताविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाइ मत आवश्यक पर्छ। संस्थापन पक्षले आफूहरूसँग आवश्यक समर्थन जुट्ने दाबी गरे पनि कार्की पक्षले अझै पर्याप्त समर्थन रहेको दाबी गर्दै आएको छ।
पार्टी स्रोतका अनुसार संस्थापन पक्षले २६ भन्दा बढी सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ भने कार्की पक्षमा करिब ११ सांसद रहेको बताइएको छ। केही सांसद अझै खुलेका छैनन्।
मुख्यमन्त्री हटाउन भने अविश्वास प्रस्ताव आवश्यक
दलको नेताबाट हटाइए पनि कार्की स्वतः मुख्यमन्त्री पदबाट हट्ने अवस्था छैन। संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएकाले उनले राजीनामा नदिएसम्म वा प्रदेश सभामा उनीविरुद्ध अविश्वास प्रस्ताव पारित नभएसम्म मुख्यमन्त्री पदमा कायम रहने संवैधानिक व्यवस्था छ।
यसैबीच एमालेले सम्भावित अविश्वास प्रस्तावका विषयमा सत्ता साझेदार दलहरूसँग अनौपचारिक छलफल थालेको स्रोतको दाबी छ। एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई र नेकपा (माओवादी केन्द्र) का प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच यस विषयमा छलफल भएको बताइएको छ। आङ्बोले भने एमालेको आन्तरिक विवादमा आफ्नो पार्टी प्रवेश गर्न नचाहेको प्रतिक्रिया दिएका छन्।
यता नेपाली कांग्रेसभित्र पनि कार्कीले आवश्यक समर्थन जुटाउन सके सहयोग गर्न सकिने विषयमा अनौपचारिक छलफल भएको स्रोतको दाबी छ। यद्यपि यसबारे कुनै दलले औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्।
कोशी प्रदेशको सत्ता समीकरण फेरि एकपटक तरंगित बनेसँगै आगामी केही दिनभित्र एमालेको आन्तरिक शक्ति सन्तुलनले प्रदेश सरकारको भविष्य तय गर्ने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...



प्रतिकृया लेख्नुहोस्: