Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

निगमले मूल्य घटाएपछि पेट्रोलियम पदार्थको अभाव हुन थाल्यो

खबरडबली संवाददाता

बागलुङ । नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । निगमले जेठ १९ गतेदेखि लागू हुने गरी पेट्रोलमा रु १० मूल्य घटाउँदै प्रतिलिटर रु १७० मूल्य निर्धारण गरेको र डिजेल र मट्टितेलको मूल्य १५३ कायमै रहेपछि यहाँका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको हो । 

सरकारले मूल्य घटाए पनि पेट्रोलिमय पदार्थको आयातमा कुनै कमी नआएको बताए पनि बागलुङमा भने तेलको चरम अभाव हुन थालेको छ । बागलुङ जिल्ला सदरमुकाममा जम्मा दुई पेट्रोल पम्प छन् । ती दुवै पेट्रोलपम्म प्राय जसो बन्द अवस्थामा देखिन्छन् । बागलुङमा पेट्रोलिमय पदार्थको अभाव हुन थालेपछि उपभोक्ताले कालोबजारी भएको आरोप लगाएका छन् । उनीहरूले मनोमानी ढङ्गले पेट्रोलियम पदार्थ वितरण गर्ने बताउँदै समय–समयमा पेट्रोल पम्पको अनुगमन गर्न आवश्यक रहेको बताउँछन् । 

बागलुङमा आइतबार दिउँसोदेखि बन्द भएका पेट्रोल पम्प सोमबार दिउँसोसम्म बन्दै अवस्थामा छन् । बागलुङमा डिजेल पेट्रोलको अभाव भएपछि डिजेल र पेट्रोल हाल्न सावरी साधनहरू छिमेकी जिल्ला पर्वत पुग्ने गरेको पाइएको छ । जिल्लामा मूल्य बढाउने समयसम्म कुनै अभाव नभएको डिजेल तथा पेट्रोल मूल्य घटाएपछि अभाव सृजना हुनुले यो अस्वभाविक भएको उपभोक्ताको गुनासो छ । 

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले पेट्रोलिम पदार्थको अभाव हुनथाले आफूहरूले अनुगमन गर्ने बताएका छन् । “मूल्य घटेपछि पेट्रोलको अभाव भएको सुनियो, यस्तो हुनुनपर्ने, उतैबाट नआएर हो कि, व्यवसायीको चलाखी हो”, सहायक प्रजिअ पौडेलले भने, “हामी जिल्लाका पेट्रोल पम्पको अनुगमन गर्छौँ, डिजेल तथा पेट्रोल भएरसमेत अभाव सृजना गरेको भए कारबाही हुन्छ ।”

उहाँले पेट्रोलियम पदार्थ मात्रै नभएर अन्य उपभोग्य वस्तुको समेत कालोबजारी भए तुरुन्तै कारबाही गर्ने बताए । आइतबारसमेत सार्वजनिक बिदा दिन थालेपछि तेलको आपूर्ति आधा मात्रै भएको बागलुङस्थित न्यू ध्रुव पेट्रोल पम्पका सञ्चालक ध्रुव गौतमले बताए । 

उहाँले आयल निगम लगातार शनिबार र आइतबार बन्द हुँदा पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएको भन्दै मागको आधा मात्रै पेट्रोलियम पदार्थ आउँदा वितरण प्रणालीमा समस्या भएको बताए। “हामीले माग गरेअनुसार पेट्रोल नआउँदा समस्या भयो, अहिले आयल निगम दुई दिन बन्द हुन्छ, त्यसैले समस्या परेको हो मूल्य घटाएर वितरणमा समस्या आएको हैन”, गौतमले भने, “हामीले आएको पेट्रोलियम पदार्थ बिक्री वितरण गरेका छौँ, आउँदै नआएपछि पम्प बन्द गर्नुको विकल्प छैन ।”

जिल्लामा पेट्रोलिमय पदार्थको सहज भएको समयमा खरिद गरेर राख्ने र अहिले अभाव हुँदा बढी मूल्य लिएर बिक्री गर्ने विचौलियाहरूसमेत  मौलाई रहेको भए पनि अनुगमन हुँन नसक्दा त्यस्ता विचौलियाले प्रश्रय पाइरहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु ४०० र चाँदीको मूल्य रु १...

सशस्त्र प्रहरीको कीर्तिपुर स्कुलमा आर्थिक हिनामिना आरोप, इन्स्पेक्टरसहित दुई पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...

मालदह आँपको मूल्य दोब्बर, किसानभन्दा व्यापारी बढी लाभान्वित

लहान । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमा दोब्बर भएको छ। मूल्य वृद्धि भए पनि यसको प्रत्यक्ष लाभ किसानभन्दा व्यापार...

डोल्पामा लेदोसहितको बाढी गाउँ पस्दा एकको मृत्यु, ६ जना घाइते

रुकुम पश्चिम। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी क...

१०० दिनमा शिक्षा मन्त्रालयका ४२ उपलब्धि, नतिजा प्रकाशनदेखि विश्वविद्यालय सुधारसम्मका निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयले सम्पन्न गरेका ४२ प्रमुख काम सार्वजनिक गरेका ...

उत्तरी गोरखामा प्रहरी नै एम्बुलेन्स

सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडकको पहुँच अझै सपना जस्तो छ । बिरामी पर्दा एम्बुलेन्सको साइरन होइन प्रहरीको कदमको आवाज नै यहाँको नागरि...

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending