Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा व्यवहारिक नदेखिएकाले दुई दिन बिदा दिने निर्णय खारेज

खबरडबली संवाददाता

काठमाडौं ।सरकारले शिक्षा स्वास्थ्यलागतय क्षेत्रमा व्यवहारिक नदेखिएकाले परीक्षणका रुपमा सुरु गरिएको हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्पष्ट पारेको छ । गत वैशाख २८ गतेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको शनिबारका साथै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो ।

सिंहदरबारमा आज मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाणले उक्त जानकारी दिनुभएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले हाल परीक्षणका रुपमा लागू गरिएको हप्तामा दुई दिन सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय आउँदो असार १ गतेदेखि लागू हुने गरी खारेज गरेको थियो ।

निर्णय सार्वजनिक गर्नेक्रममा गृहमन्त्री खाणले भने, “सरकारले बिदा परीक्षणका रुपमा लागू गरेका थियो, खास गरेर शिक्षा, स्वास्थ्यलगायत कतिपय क्षेत्रमा तत्कालका लागि व्यवहारिक नदेखिएकाले उक्त निर्णयलाई फिर्ता लिइएको हो ।” मन्त्रिपरिषद् बैठकले विश्व बैंँकबाट हरित उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने  १०० मिलियन अमेरिकी डलर ९झण्डै रु १२ अर्ब० सहुलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।

 उहाँका अनुसार बैठकले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशकमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । सरकारले थाइल्याण्डमा हुने सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी तालिमको अनुगमन र समापन  कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागी हुन स्वीकृति दिएको छ । 

यस्तै अष्ट्रेलियामा आयोजना हुने विपत् व्यवस्थापनसम्बन्धी कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेलाई पठाउने निर्णय भएको पनि गृहमन्त्री खाणले बताए। भारतको नयाँ दिल्लीमा हुने नेपाल भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२औँ बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयको सहसचिवको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिएको छ । यस्तै बैठकले प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ । 

सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा उपलब्ध गराउने, गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास विक्रम शाही र सदस्यमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने, नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय पनि गरेको छ ।
 
सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सरजुकुमार वैद्यलाई नेपाल इञ्जिनीयरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने तथा लोक सेवा आयोगको सिफारिस बमोजिम निजामती सेवाको नेपाल वन सेवा तथा नेपाल शिक्षा सेवाका राजपत्राङ्कीत प्रथम श्रेणी वा सो सरहको पदमा नियुक्त गरी पदस्थापन गर्ने निणय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनकासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्मा पेश गर्न स्वीकृत दिएको छ । सरकारले हतियार तथा खरखजाना ९एघारौँ संशोधन० नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय० ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ ।

रेल्वेसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक सङ्घीय संसद्मा पेश गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने र मानव अङ्ग प्रत्यारोपण विकास समिति ९गठन० ९तेस्रो संशोधन० आदेश २०७९ स्वीकृति गर्ने निर्णय पनि गरेको सो अवसरमा गृहमन्त्री खाणले जानकारी गराए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: