काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन सफल भएको बताएका छन्।
अन्तराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसिया क्षेत्रबाट कार्यकारी सदस्यमा निर्वाचित भएका नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देललाई आज प्रेस युनियनको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान गर्दै उनले आगामी मङ्सिरमा हुने आमनिर्वाचनमा पनि गठनबन्धन कायम हुने र कांग्रेसबाट तलमाथि नहुने बताए।
प्रवक्ता डा महतले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्न आइएफजे महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताउँदै प्रेस युनियनका अध्यक्ष नै यसमा निर्वाचित भएपछि प्रेस स्वतन्त्रताका लागि नेपालले पनि यसको सदुपयोग गर्न पाउने उल्लेख गरे। उनले प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था भएको र आगामी साउन ६ र ७ गते तोकिएको युनियनको महाधिवेशन सम्पन्न गर्न सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
वरिष्ठ पत्रकार हरिहर वीरहीले नेपालको आइएफजेमा प्रेस युनियनका अध्यक्ष निर्वाचित हुनु नेपालको लोकतन्त्र र प्रेसप्रति सम्मान र सद्भाव भएको बताउँदै यो अवसरलाई युनियनले मौकाका रुपमा लिँदै सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइएफजेमा नेपाल निर्वाचित हुनु नेपालको प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लाागि महत्वपूर्ण अवसर र उपलब्धि हो भने । उनले नेपालमा हुने प्रेस स्वतन्त्रताबिरोधी क्रियाकलापको निगरानी र खबरदारी गर्न यसले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अध्यक्ष सिग्देलले प्रेस युनियनको आगामी साउनमा तोकिएको महाधिवेशन निर्धारित समय मै हुने बताउँदै तयारी जुट्न सम्पूर्ण युनियनकर्मीमा आह्वान गरे। कार्यक्रममा युनियनका पूर्वकेन्द्रीय अध्यक्ष रमेश तुफान, युनियनका केन्द्रीय सल्लाहकारद्वय कविर राणा र शिव लम्साल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष ईश्वरी ओझा, महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीलगायतले बधाई दिँदै नेपालको मिडिया, प्रेस स्वतन्त्रता एवं श्रमजिवी पत्रकारका मुद्दामा आफ्ना धारणा व्यक्त गरेका थिए।
प्रेस आइएफजेको सदस्यता लिने नेपालको पहिलो संस्था हो । नेपालमा प्रेस युनियनपछि नेपाल पत्रकार महासङ्घ र नेपाल युनियन अफ जर्नासिल्ट गरी आइएफजेका तीन संस्था सदस्य रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १५:५४
टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...
चैत्र ७ गते, २०८२ - १५:४६
कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...
चैत्र ७ गते, २०८२ - १५:२१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...
चैत्र ७ गते, २०८२ - १४:१८
नयाँ दिल्ली। भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा)फैलिएको पुष्टि भएपछि अधिकारीहरुले बीस हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दि...
चैत्र ७ गते, २०८२ - १३:५१
काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...
चैत्र ७ गते, २०८२ - १३:५१
काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...
चैत्र ७ गते, २०८२ - १३:४३
दोलखा। नेकपा (एमाले)का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले निर्वाचनको समीक्षा गर्ने काममा ढिलाइ गर्न नहुने बताएको छन्...


प्रतिकृया लेख्नुहोस्: