महोत्तरी । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ ।
“असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो मिलेको छैन ।”
धानको बीउ स्थानीय कृषि बीउबिजन केन्द्रमा नपाएपछि आफूहरूको हैरानी बढेको पौडेलको भनाइ छ । यसपालि समय–समयमा पानी परे पनि धानको बीउ नपाउँदा खेती गर्ने समय घर्कँदै छ ।
ढिलोमा आगामी असार तेस्रो हप्ता भित्र धानको बीउ रोप सकिए साउन तेस्रो हप्तासम्म खरुवन रोप गर्न सकिन्छ । जिल्लामा धानको बीउ रोप गाँजिएपछि त्यसैलाई उखेलेर अर्को रोप गरिन्छ । यसलाई ‘खरुवन’ रोप भनिन्छ । बीउ रोपको भन्दा खरुवन रोपको धानको बाला पोटिलो लाग्ने र उत्पादन बढी हुने किसानको अनुभव छ ।
“खेतीको तालिका केही काम लागेन”, बर्दिबास–९ पशुपतिनगरका नथुनी महतो भन्छन्, “पुराना रैथाने धान मासिदा दुःख पाइयो ।”
पुरानो रैथाने धान लाउन छाडेपछि विकासे जातका धानमा भर परिएको र त्यसको बीउ समयमै नपाउँदा खेती लगाउन नपाइएको किसानको दुखेसो छ । “तीन तहको सरकार छ, हाम्रो मर्का बुझ्ने कोही भएनन्”, महतोले भने।
जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा धानखेती गरिन्छ । सिँचाइको प्रबन्ध नहुनु, समयमा प्रामाणिक (कृषि मन्त्रालयले सिफारिस गरेका) धानको बीउ उपलब्ध नहुनु र रासायनिक मल नपाउँदा समयमा खेती लगाउन नपाइएको भङ्गाहा–४ का सत्यनारायण यादव बताउँछन्।
धान जिल्लाको मुख्य अन्नबाली मानिन्छ । मुख्यबाली नै समयमा लगाउन नपाएपछि किसानको पिरोलो बढेको छ । जिल्लाका १५ स्थानीय तहमा कुनैले पनि व्यवस्थित कृषि शाखा सञ्चालन गरेका छैनन् ।
भङ्गाहा–४ पलारका चौठी बाँतर खेतीका लागि आवश्यक सामग्रीको अभाव र कृषि जनशक्ति खेतीहर मजदुर भारततिर जान थालेपछि किसानले खेती छाड्दै गएको बताउँछन्।
यो क्रम बढ्दै गए उर्वर जग्गा बाँझो बस्ने र अन्नको सङ्कट बढ्दै उनको भनाइ छ । किसानलाई वैकल्पिक सिँचाइ प्रबन्धका लागि इनार, पम्पसेट, बोरिङजस्ता सुविधा दिनुपर्छ । सबै स्थानीय तहले कृषि शाखा व्यवस्थित गर्नुपर्ने किसानको माग छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: