काठमाडौँ । हप्तौंको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिउपोलमा हैजा फैलिने जोखिम देखिएको छ। यो सहर अहिले रुसी नियन्त्रणमा छ।
सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। हैजा साधारणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ।
मारिउपोलमा छरिएका शव र फोहोरका कारण वातावरण पनि अस्वस्थ छ। यसअघि पनि मारिउपोलमा सङ्क्रमण देखिएको थियो। विगतका महिनामा केही मानिसमा हैजा पुष्टि पनि भएको थियो।
यो सहरमा यूक्रेनले नियुक्त गरेका नगरप्रमुख भोडिम बोएचेन्कोले ‘हैजा, झाडापखाला र अरू सङ्क्रामक रोग सहरमा देखा परिसकेको’ बताए। उनले ठूलो स्तरको महामारी नियन्त्रण गर्ने उद्देश्यले सहरलाई बन्द गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ। यद्यपि सहर रूसी सेनाको कब्जामा रहेकोले यसको स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको समाचारमा उल्लेख छ।
यद्यपि रुसले नियुक्त गरेका नगरप्रमुखले भने नियमित रूपमा परीक्षण गर्ने गरिएको भन्दै हैजाका बिरामी फेला नपरेको दाबी गरेका छन्।
युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिउपोलबाट आफूले सीमित सूचना प्राप्त गरिरहेको जनाउँदै यूक्रेनको नियन्त्रणमा रहेका भूभागमा परीक्षण गरेको र कुनै पनि घटना फेला नपरेको जनाएको छ। युद्धका कारण मारिऊपोलको पिउने पानी प्रणालीमा पनि क्षति पुगेको छ।
यसै साताको सुरुमा संयुक्त राष्ट्रसङ्घले पानीसँग ढल मिसिएको भन्दै त्यसबाट हैजाको जोखिम रहेको बताएको थियो।
रेडक्रसले सरसफाइसँग सम्बन्धित पूर्वाधारमा क्षति पुग्दा त्यसले पानीबाट सर्ने रोगहरूको सङ्क्रमण फैलिने जोखिम देखिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: