Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

'गठबन्धन टुटाउने ओलीको अस्त्र सफल हुँदैन, आगामी निर्वाचनसम्म जान्छ'

हामी इमान्दार छौँ, गठबन्धनमा समीक्षा गर्नुपर्छ : प्रकाशशरण महत

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने षड्यन्त्र सफल नहुने दाबी गरेको छ। 

वाम गठबन्धनको चर्चा चलेको भएपछि सफल नहुने कांग्रेस प्रवक्ता प्रकाशशरण महत दाबी गर्छन्। 

उनी भन्छन्, ‘ओलीले संविधान मिचे, कुशासन र भ्रष्टाचार भयो। संसद भंग गर्नुभयो भनेर गठबन्धन बनेको हो। गठबन्धनका हरेक नेताहरु ओली प्रवृत्तिविरुद्ध जानुभएको छ। त्यसैले  गठबन्धन टुट्ने देखेका छैनौँ।’ 

स्थानीय तहमा पनि समझदारी गरेकै कारणले सफल भएको दाबी गरे। गठबन्धन आगामी दिनसम्म पनि जानुपर्छ भनेर नेतृत्व तह सहमत भएर प्रतिबद्धता गरेको बताए। 

वाम गठबन्धनका लागि एमाले र माओवादीका दोस्रो तहका नेताहरु सक्रिय छन् नी भन्ने प्रश्नमा उनले भने, ‘विभिन्न प्रवृत्तिका नेताहरु हरेक दलमा छन्। उहाँहरुको कुराकानी र भेटवार्ता पनि त्यही स्वरुप हो।’

मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा मात्रै नभएर ओली प्रवृत्ति अन्त्य नभएसम्म गठबन्धन जाने उनको बुझाइ छ। 

‘ओलीजीले गठबन्धन टुटाउने जुन प्रयास गर्नुभएको छ। त्यो सफल हुन सक्दैन।  र उहाँले आफनो गठबन्धन बनाउन सक्नुहुन्न’ उनले भने,  ‘हामीलाई विश्वास छ गठबन्धन कायम रहन्छ।’ 

गठबन्धन शीर्ष नेताहरुकै सहमतिमा जिससमा पनि गठबन्धन गर्ने निर्णय भएपनि केही जिल्लामा तोडिएको पाइएकाले त्यसको समीक्षा हुने बताए। 

०७४ सालको निर्वाचनमा पनि माओवादीले धोका दिएर २३ सिटमा खुम्चिएको कांग्रेसलाई अहिले त्यही भयले गाँजेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा त्यसैले पार्टीभित्रको चर्को दबाब खेपेर भएपछि गठबन्धन अगाडि बढाउने पक्षमा अडिग छन्। 

देउवालाई संस्थापनइतर पक्षले गठबन्धन छाड्न जोड दिइरहेका छन्। आफूहरुले गठबन्धन तोडे माओवादी फेरि एमालेसँगै मिल्न जाने देउवालाई डर छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending