काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने षड्यन्त्र सफल नहुने दाबी गरेको छ।
वाम गठबन्धनको चर्चा चलेको भएपछि सफल नहुने कांग्रेस प्रवक्ता प्रकाशशरण महत दाबी गर्छन्।
उनी भन्छन्, ‘ओलीले संविधान मिचे, कुशासन र भ्रष्टाचार भयो। संसद भंग गर्नुभयो भनेर गठबन्धन बनेको हो। गठबन्धनका हरेक नेताहरु ओली प्रवृत्तिविरुद्ध जानुभएको छ। त्यसैले गठबन्धन टुट्ने देखेका छैनौँ।’
स्थानीय तहमा पनि समझदारी गरेकै कारणले सफल भएको दाबी गरे। गठबन्धन आगामी दिनसम्म पनि जानुपर्छ भनेर नेतृत्व तह सहमत भएर प्रतिबद्धता गरेको बताए।
वाम गठबन्धनका लागि एमाले र माओवादीका दोस्रो तहका नेताहरु सक्रिय छन् नी भन्ने प्रश्नमा उनले भने, ‘विभिन्न प्रवृत्तिका नेताहरु हरेक दलमा छन्। उहाँहरुको कुराकानी र भेटवार्ता पनि त्यही स्वरुप हो।’
मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा मात्रै नभएर ओली प्रवृत्ति अन्त्य नभएसम्म गठबन्धन जाने उनको बुझाइ छ।
‘ओलीजीले गठबन्धन टुटाउने जुन प्रयास गर्नुभएको छ। त्यो सफल हुन सक्दैन। र उहाँले आफनो गठबन्धन बनाउन सक्नुहुन्न’ उनले भने, ‘हामीलाई विश्वास छ गठबन्धन कायम रहन्छ।’
गठबन्धन शीर्ष नेताहरुकै सहमतिमा जिससमा पनि गठबन्धन गर्ने निर्णय भएपनि केही जिल्लामा तोडिएको पाइएकाले त्यसको समीक्षा हुने बताए।
०७४ सालको निर्वाचनमा पनि माओवादीले धोका दिएर २३ सिटमा खुम्चिएको कांग्रेसलाई अहिले त्यही भयले गाँजेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा त्यसैले पार्टीभित्रको चर्को दबाब खेपेर भएपछि गठबन्धन अगाडि बढाउने पक्षमा अडिग छन्।
देउवालाई संस्थापनइतर पक्षले गठबन्धन छाड्न जोड दिइरहेका छन्। आफूहरुले गठबन्धन तोडे माओवादी फेरि एमालेसँगै मिल्न जाने देउवालाई डर छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: