काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी)बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता नगर्ने बताएको हो । “प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा एसपिपी सम्झौता गर्दै छन् भनेर भ्रम फैलाइएको छ, यो असत्य कुरा हो,”– नेता लेखकले भने।
उनले वर्तमान सरकारले देशको वैदेशिक सम्बन्धका आधारभूत मान्यता र संविधानको व्यवस्थाभन्दा बाहिर गएर कुनै सम्झौता नगर्ने स्पष्ट पारे। सरकारले एसपिपी सम्झौताबारे के भइरहेको छ भन्ने बारेमा जनतामाझ ल्याउनुपर्ने उनको भनाइ थियो ।
नेता लेखकले आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीति निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर नित्कर्षमा पुग्ने गरेको उल्लेख गरे । सबै देशसँग कांग्रेसले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको उनको भनाइ थियो । लेखकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्वभाविक भएकाले यसबारे अनावश्यक टिकाटिप्पणी गर्न नहुने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १०:५७
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...
पौष ४ गते, २०८२ - १०:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...




प्रतिकृया लेख्नुहोस्: