Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

खेतमा हाल्ने मल छैन, भक्तपुरका किसानलाई धान रोप्ने चटारो

रासस

भक्तपुर । यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।

धानखेतीका लागि नभई नहुने रासायनिक मल अभाव खेपिरहे पनि खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । “पानी परेर खेतका गरा भरिएपछि मन थाम्न सकिएन, मल कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ”, चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले भने । 

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस्तै पानी परे यस वर्ष असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको चाँगुनारायण–९ का किसान रोशन गिरी बताउँछन्। 

कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार नलाग्दै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् । 

सूर्यविनायक नगरपालिका–८ नंखेलका किसान सम्पूर्ण थापाले खेतमा काम गर्ने ज्यामी नपाइँदा समस्या परेको बताए । उनले भने, “खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति छैन, यस्तो अवस्थामा पनि धान रोप्नै प¥यो, मल नपाए यस वर्ष उत्पादन घट्छ ।”

समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्ने आशामा बसेका किसान मल नभए धानको उत्पादन आधा घट्नेमा चिन्ता व्यक्त गर्छन् । खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने बताउनुहुन्छ, कृषि प्राविधिक हरिकृष्ण नेपाल । उहाँले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको भन्दै सरकारले धान रोप्न र हिलो सम्याउने प्रविधि सहुलियतमा ल्याउनसके किसानलई सहज हुने र समयमै धान रोप्न सहज हुने बताए । 

विगतका वर्षमा जस्तै पानी ढिला पर्ला भनेर ढिला धानको बीउ राख्ने किसानले पनि छोटो बीउ नै रोप्न थालेका छन् । भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमार श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो बीउ रोपेको बताए । 

किसानले यस वर्ष धान रोपाइँ छिटो भएकामा खुसी लागे पनि मल नपाउँदा दुःख लागेको भन्दै सरकारलाई जतिसक्दो छिटो मल उपलब्ध गराइदिन किसानले माग गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानी विदेशमन्त्रीको नेपाल भ्रमणमा ‘इन्डो प्यासिफिक’ प्राथमिकताको मुद्दा बन्ला ?

काठमाडौं । जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी आइतवार गर्ने नेपाल भ्रमणमा जापानबाट नेपालमा लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइने अधिक...

खडेरीले भएन चैतेधान रोपाइँ

बारा । चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्...

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् । करिब...

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा किन हुँदैछन् भेला ?

दोलखा । नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि आज दोलखामा भेला हुँदै छन्। ...

नेकपा एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रत...

एमाले पश्चिम नवलपरासीको अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बिहानै जाँ...

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन, डिसी । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती...

उपनिर्वाचनमा जमानत जफत भएपछि समीक्षा गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न ला...

कोशीमा कोर्स करेक्सन गर्नेबारे ओली र शेखरबीच नयाँ समझदारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।  कोशी प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध हटाउने ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies