काठमाडौं । यूक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धको नाकाबन्दीमार्फत् रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको (यूरोपेली संघ) ईयूको विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार बताएका छन्।
खाद्य सुरक्षाको खतरा र यूक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धका कारण मस्कोमाथि पश्चिमी प्रतिबन्धबारे सोमबार लक्जमबर्गमा युरोपेली संघका विदेश मन्त्रीहरूबीच छलफल हुने तयारी भइरहँदा ईयूका अधिकारीको यो भनाइ आएको हो ।
‘सेन्ट पिटर्सबर्ग इन्टरन्याश्नल इकोनमिक फोरम’ लाई शुक्रबार सम्बोधन गर्दै रूसी राष्ट्रपति पुटिनले रूसमाथिको प्रतिबन्धका कारण (यूरोपेली संघ) ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरेको दृष्टान्तलाई लिएर बोरेलको यो भनाइ आएको हो ।
“विश्वव्यापी खाद्य सुरक्षामा कुनै पनि अवाञ्छित प्रभाव रोक्न हामी संयुक्त राष्ट्र संघ र हाम्रा साझेदारहरूसँग काम गर्न तयार छौं,” बोरेलले आफ्नो आधिकारिक ब्लगमा प्रकाशित लेखमा उल्लेख गरेका छन्।
“रूसको सचेत राजनैतिक छनौट भनेको अन्न निर्यातलाई रोक्नु हो र यूक्रेनमा आफ्नोे आक्रामणको विरोध गर्ने जोसुकैविरुद्ध विश्वव्यापी खाद्य असुरक्षा (सङ्कट)को नारालाई प्रचार गर्नु हो,” बोरेलले भने।
उनले भने, “रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको यूक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको छ तर यसले रूसी व्यापारीहरूको ढुवानीमा पनि असर गरेको छ । रूसले आफूलाई खाद्य सङ्कटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गरिरहेको छ ।”
यूरोपेली संघले लगाएको प्रतिबन्धले ‘स्वीकृत व्यक्ति वा संस्थाहरू संलग्न नभएमा कुनै पनि कृषि वस्तु निर्यात गर्न, त्यस्ता रूसी निर्यातका लागि भुक्तानी वा बीउको व्यवस्था गर्न रूसलाई निषेध नगर्ने उनको दाबी थियो ।
उहाँले युद्धको विश्वव्यापी प्रभावबारे जोड दिँदै भने, “प्रतिबन्धको यस मुद्दाको वरिपरि ‘युद्धको गति’ छ भन्दै यसलाई सही समाधान दिएर रूसी आक्रमणको सामना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ ।”
यूक्रेनी निर्यातलाई जहाजमार्फत् पुनः सञ्चालन गर्नु जरुरी भएको छ । हामी यस मामिलामा संयुक्त राष्ट्रसंघसँग छलफल गरिरहेका छौँ र यो प्राप्त गर्न आवश्यक कार्यहरूको आफ्नो हिस्सा व्यहोर्न यूरोपेली संघ र यसका सदस्य राष्ट्रहरू तयार छन् ।
उनले भने, “हामी आशा गर्छौं कि आगामी दिनहरूमा यसको समाधान पाउन सकिन्छ । यसो नगर्दा विश्वव्यापी खाद्यान्न अभाव थप सङ्कटपूर्ण हुन सक्ने खतरा रहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: