काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीको मुद्दामा सरकारी वकिलललाई कुनै प्रकारको दबाब नदिएको दाबी गरेको छ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले प्रेस विज्ञप्ति जारी गरी महान्यायाधिवक्ताको कार्यालयले जबर्जस्ती करणीको मुद्दा हेरिरहेकी सरकारी वकिललाई दबाब नदिएको बताएका हुन्।
‘ललितपुर जिल्ला अदालतमा विचाराधीन रहेको नाम परिवर्तित ०७८\०७९ सातदोबाटो (९७) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुशील चटौत भएको पीडित ०७८\७९ सातदोबाटो (९८) लाई जबर्जस्ती करणी गरेको मुद्दामा अनुसन्धान र अभियोजनका काममा महान्यायाधिवक्ताको कार्यालयबाट दबाब दिइएको र मुद्दा कमजोर बनाएर दायर गर्न भनिएको भनी सार्वजनिक भएको कुराप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।
महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयहरू अपराध पीडितको न्यायका लागि र प्रचलित कानूनको प्रभावकारी कार्यान्वयन गरी अभियुक्तलाई सजाय दिलाउने कार्यमा प्रतिबद्ध रहेको बताएको छ।। महान्यायाधिवक्ताको कार्यालयबाट कुनै पनि मुद्दामा कमजोर अभियोजन गर्न वा बहस पैरवी गर्न निर्देश गर्ने भन्ने कुरा नहुने विज्ञप्तिमा उल्लेख छ ।
महान्यायाधिवक्ताको कार्यालयले बालबालिकाविरुद्ध हुने यौनजन्य कसुरका सम्बन्धमा शून्य सहनशीलता अवलम्बन गर्दै प्रभावकारी अनुसन्धान र अभियोजनमार्फत पीडितको न्याय सुनिश्चित गर्ने कार्यमा प्रतिबद्ध रहेको जनाएको छ।
यस मुद्दाका विषयमा देखिएको तथ्यगत अवस्था र सम्बन्धित सरकारी वकिल तथा महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलको संलग्नतालगायत उठेका अन्य विषयमा सम्बन्धित मिसिल कागज अध्ययन गर्न पाटनका सहन्यायाधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको विज्ञप्तिमा उल्लेख छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: