Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

जबर्जस्ती करणी मुद्दामा दबाब दिएको छैन : महान्यायाधविक्ताको कार्यालय

खबरडबली संवाददाता

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीको मुद्दामा सरकारी वकिलललाई कुनै प्रकारको दबाब नदिएको दाबी गरेको छ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले प्रेस विज्ञप्ति जारी गरी महान्यायाधिवक्ताको कार्यालयले जबर्जस्ती करणीको मुद्दा हेरिरहेकी सरकारी वकिललाई दबाब नदिएको बताएका हुन्।

‘ललितपुर जिल्ला अदालतमा विचाराधीन रहेको नाम परिवर्तित ०७८\०७९ सातदोबाटो (९७) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुशील चटौत भएको पीडित ०७८\७९ सातदोबाटो (९८) लाई जबर्जस्ती करणी गरेको मुद्दामा अनुसन्धान र अभियोजनका काममा महान्यायाधिवक्ताको कार्यालयबाट दबाब दिइएको र मुद्दा कमजोर बनाएर दायर गर्न भनिएको भनी सार्वजनिक भएको कुराप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयहरू अपराध पीडितको न्यायका लागि र प्रचलित कानूनको प्रभावकारी कार्यान्वयन गरी अभियुक्तलाई सजाय दिलाउने कार्यमा प्रतिबद्ध रहेको बताएको छ।। महान्यायाधिवक्ताको कार्यालयबाट कुनै पनि मुद्दामा कमजोर अभियोजन गर्न वा बहस पैरवी गर्न निर्देश गर्ने भन्ने कुरा नहुने विज्ञप्तिमा उल्लेख छ ।

महान्यायाधिवक्ताको कार्यालयले बालबालिकाविरुद्ध हुने यौनजन्य कसुरका सम्बन्धमा शून्य सहनशीलता अवलम्बन गर्दै प्रभावकारी अनुसन्धान र अभियोजनमार्फत पीडितको न्याय सुनिश्चित गर्ने कार्यमा प्रतिबद्ध रहेको जनाएको छ।

यस मुद्दाका विषयमा देखिएको तथ्यगत अवस्था र सम्बन्धित सरकारी वकिल तथा महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलको संलग्नतालगायत उठेका अन्य विषयमा सम्बन्धित मिसिल कागज अध्ययन गर्न पाटनका सहन्यायाधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको विज्ञप्तिमा उल्लेख छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending