Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

“पर्यटक ठगीदेखि अनैतिक क्रियाकलापसम्म: मसाज सेन्टरमा प्रहरीको एक्शन”

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न मसाज सेन्टरमा प्रहरीले एकैपटक छापा मार्दा २५८ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ठमेल, बौद्ध तथा ललितपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका मसाज सेन्टरहरूमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने उजुरीपछि उक्त अपरेसन सञ्चालन गरिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २४० जना महिला र १८ जना पुरुष रहेका छन्। ती मसाज सेन्टरहरूमा ‘मसाज’को आवरणमा अनैतिक क्रियाकलाप सञ्चालन गरिनुका साथै विशेष गरी विदेशी पर्यटकहरूलाई लक्षित गरी बढी शुल्क असुल्दै ठगीसमेत गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न समय–समयमा छड्के अनुगमन गर्दै आएको भए पनि पछिल्लो अपरेसनलाई ठूलो ‘क्ल्याम्पडाउन’का रूपमा हेरिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने

काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...

बालेनका पूर्व सहयोगी पुगेपछि ‘चाम्लिङ कम्प्लेक्स’ भत्काउने काम रोकियो? डोजर अचानक थामिँदा उठ्यो शंका

काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...

माइतीघर झडप प्रकरण: एमाले नेता बस्नेतकी पत्नीसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुँदै

काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...

‘बोलपत्र’मै खेल: वेबसाइट ह्याक गरेर ठेक्का कब्जा, ४० लाखमा मिलेमतो!

काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...

पूर्व जनप्रतिनिधि मुसहरिनलाई मानव मलमूत्र खुवाएको आरोपमा एक पक्राउ

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा दलित समुदायकी एक पूर्व महिला वडा सदस्यमाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार गरिएको घटनामा प्रहरीले एक जनालाई ...

लालपुर्जा देखाउँदै ‘बचाऊ’काे गुहार, डोजर भन्छः कागज होइन, जमिन देखाऊ!

तीन दशकअघि बनेको रावल आयोगकाे दबाइएको फाइल अहिले डोजरको इन्धन

“पर्यटक ठगीदेखि अनैतिक क्रियाकलापसम्म: मसाज सेन्टरमा प्रहरीको एक्शन”

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न मसाज सेन्टरमा प्रहरीले एकैपटक छापा मार्दा २५८ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending