Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले संसद्‌मा गुमाए बहुमत

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपतिमा पुन: निर्वाचित भएको दुई महिनाभन्दा कम समयमै प्रतिस्पर्धी दलहरूले बलियो प्रदर्शन गरेपछि फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँ त्यहाँको संसद्‌को तल्लो सदनमा नियन्त्रण गुमाउने अवस्थामा पुगेका छन्।

उनले बलियो बहुमतका लागि मतदातालाई आह्वान गरेका थिए । तर माक्रोँको मध्यमार्गी गठबन्धनले चुनावमा दर्जनौँ सिट गुमाएको छ।

त्यसले गर्दा फ्रेन्च राजनीति ध्रुवीकृत हुन पुगेको छ। अब उनले सुधारका कुराहरू पारित गर्न सङ्घर्ष गर्नुपर्नेछ।

वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन्।

राष्ट्रपति माक्रोँले अब आफ्नो मन्त्रिपरिषद्का केही सदस्यलाई गुमाउने र विभाजित संसद्सँग काम गर्नुपर्ने छ र त्यो निकै असहज हुनेछ।

राष्ट्रपतिले हालै एलिजाबेट बोर्नलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उक्त चुनावी नतिजा आएको हो।

प्रधानमन्त्री बोर्नले फ्रेन्च टीभीमा बोल्दै अवस्था अभूतपूर्व भएको र आधुनिक फ्रान्सले यस्तो संसद् कहिल्यै नदेखेको बताइन्।

उनले भनिन्, "हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका खतरालाई ध्यान दिने हो भने यो अवस्थाले हाम्रो देशका लागि जोखिमको प्रतिनिधित्व गर्दछ।"

"हामी भोलिदेखि नै बहुमत पुर्‍याउनका लागि काम गर्नेछौँ।"

अति वामपन्थी नेता जोन-लुक मेलन्सनले मुख्यधाराका दलहरूलाई आफ्नो बृहत्तर गठबन्धनमा ल्याउने सफलतामा रमाइरहेका छन्।

उनले समर्थकहरूलाई राष्ट्रपतिको पार्टी पूर्ण रूपमा पराजित भएको बताए। राष्ट्रपति निर्वाचनमा माक्रोँको प्रतिस्पर्धी रहेको ल पेन पनि खुसीको मुद्रामा छन्।

उनले जनताले माक्रोँको साहसिक कार्य समाप्त भयो भनेको र उनलाई अल्पसङ्ख्यक सरकारको नेतृत्व गर्न पठाइदिएको बताइन्।

आफूहरूले सोचे जति आफ्नो मत नघटेकाले दक्षिणपन्थी रिपब्लिकनहरू पनि खुसी छन्।

माक्रोँले यसअघिको संसद्‌मा ३०० भन्दा बढी सिट पाएका थिए र गत एप्रिलमा भएको राष्ट्रपति चुनावमा पेनलाई पराजित गरेका थिए।

स्पष्ट बहुमत कायम राख्न उनलाई २८९ सिट आवश्यक पर्छ, तर उनको गठबन्धनले २४५ सिट ल्याउने देखिएको छ।

टीएफवान् टीभीका अनुसार मेलन्सनको गठबन्धनले १५७ देखि १६३ सिट जित्ने जस्तो देखिएको छ भने अति दक्षिणपन्थी न्याशनल र्‍याली पार्टीले ८ सिटबाट बढाएर ८५ देखि ९० पुर्‍याउने देखिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली न...

सदनको गतिरोध हटाउन सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। कांग्रेस नेताहरुसँगको छलफ...

युद्धविराम हमासको हातमा भएको बाइडेनको प्रतिक्रिया, हतियारको आपूर्ति बन्द गर्ने चेतावनी

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुने प्रतिक्रिया दिएका छन्। सियाट...

काठमाडौंका यी क्षेत्रमा आज र भोलि जान्छ दैनिक ५ घण्टा बिजुली

काठमाडौं । काठमाडौंको रोपवे, बलम्बु र कीर्तिपुर फिडरको विद्युत् लाइन आज र भोलि दुई दिन अवरुद्ध हुने भएको छ।  विद्युत् प्राधिकरणले एक सूचना जारी गरी...

मेलम्ची खानेपानीको ‘हेडवर्क्स’ तत्काल नसार्न संसदीय उपसमितिको सुझाव

सिन्धुपाल्चोक । संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ । आयोजन...

सदनका गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास, कां‌ग्रेसलाई छलफलमा बोलाए

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध हटाउन निरन्तर संवादमा छन्। गतिरोध अन्त्य गरेर सदन चलाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलका ला...

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा गएराति एक युवकको हत्या भएको छ।  मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्...

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि, लगत्तै पोलिटब्यूरो बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी आइतबार पनि बस्ने भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुने पार्टीका उपमहासचिव जगन्...

चार प्रदेशमा मेघगर्जन र हुरीबताससहित भारी वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागल...

हमासको सशस्त्र शाखाद्वारा गाजामा बन्धक बनाइएको भिडियो सार्वजनिक

गाजा क्षेत्र । हमासको सशस्त्र शाखा एजेदिन अल-कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies