काठमाडौं । राष्ट्रपतिमा पुन: निर्वाचित भएको दुई महिनाभन्दा कम समयमै प्रतिस्पर्धी दलहरूले बलियो प्रदर्शन गरेपछि फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँ त्यहाँको संसद्को तल्लो सदनमा नियन्त्रण गुमाउने अवस्थामा पुगेका छन्।
उनले बलियो बहुमतका लागि मतदातालाई आह्वान गरेका थिए । तर माक्रोँको मध्यमार्गी गठबन्धनले चुनावमा दर्जनौँ सिट गुमाएको छ।
त्यसले गर्दा फ्रेन्च राजनीति ध्रुवीकृत हुन पुगेको छ। अब उनले सुधारका कुराहरू पारित गर्न सङ्घर्ष गर्नुपर्नेछ।
वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन्।
राष्ट्रपति माक्रोँले अब आफ्नो मन्त्रिपरिषद्का केही सदस्यलाई गुमाउने र विभाजित संसद्सँग काम गर्नुपर्ने छ र त्यो निकै असहज हुनेछ।
राष्ट्रपतिले हालै एलिजाबेट बोर्नलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उक्त चुनावी नतिजा आएको हो।
प्रधानमन्त्री बोर्नले फ्रेन्च टीभीमा बोल्दै अवस्था अभूतपूर्व भएको र आधुनिक फ्रान्सले यस्तो संसद् कहिल्यै नदेखेको बताइन्।
उनले भनिन्, "हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका खतरालाई ध्यान दिने हो भने यो अवस्थाले हाम्रो देशका लागि जोखिमको प्रतिनिधित्व गर्दछ।"
"हामी भोलिदेखि नै बहुमत पुर्याउनका लागि काम गर्नेछौँ।"
अति वामपन्थी नेता जोन-लुक मेलन्सनले मुख्यधाराका दलहरूलाई आफ्नो बृहत्तर गठबन्धनमा ल्याउने सफलतामा रमाइरहेका छन्।
उनले समर्थकहरूलाई राष्ट्रपतिको पार्टी पूर्ण रूपमा पराजित भएको बताए। राष्ट्रपति निर्वाचनमा माक्रोँको प्रतिस्पर्धी रहेको ल पेन पनि खुसीको मुद्रामा छन्।
उनले जनताले माक्रोँको साहसिक कार्य समाप्त भयो भनेको र उनलाई अल्पसङ्ख्यक सरकारको नेतृत्व गर्न पठाइदिएको बताइन्।
आफूहरूले सोचे जति आफ्नो मत नघटेकाले दक्षिणपन्थी रिपब्लिकनहरू पनि खुसी छन्।
माक्रोँले यसअघिको संसद्मा ३०० भन्दा बढी सिट पाएका थिए र गत एप्रिलमा भएको राष्ट्रपति चुनावमा पेनलाई पराजित गरेका थिए।
स्पष्ट बहुमत कायम राख्न उनलाई २८९ सिट आवश्यक पर्छ, तर उनको गठबन्धनले २४५ सिट ल्याउने देखिएको छ।
टीएफवान् टीभीका अनुसार मेलन्सनको गठबन्धनले १५७ देखि १६३ सिट जित्ने जस्तो देखिएको छ भने अति दक्षिणपन्थी न्याशनल र्याली पार्टीले ८ सिटबाट बढाएर ८५ देखि ९० पुर्याउने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: