Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

चितवनमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ । 

जिल्ला निर्वाचन कार्यालय चितवनले  असार १ गतेदेखि सुरु गरेको नामावली  सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । एक सातामा जिल्लाका एक हजार ८०५ ले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयका प्रमुख भीमशेन कार्कीले जानकारी दिए। यो सङ्ख्या स्थानीय तहको निर्वाचनअघि २०० हाराहारी रहेको थियो । उनले भने, “अहिले ३०० देखि ४०० को दैनिक नाम दर्ता भइरहेका छन् ।” उहाँका अनुसार जिल्लामा अहिले तीन स्थानका पाँच केन्द्रबाट नामावली सङ्कलन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनमा तीनवटा केन्द्र, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय माडीमा नामावली दर्ता भइरहेको छ । निर्वाचन कार्यालयमा एउटा बाहिरी जिल्लाको नाम दर्ता गरिएको छ भने अन्य केन्द्रबाट जिल्लाको नामावली दर्ता भएको उहाँले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालयबाट बाह्य जिल्लाका २०८ को नाम दर्ता गरिएको उनले बताए । यस्तै सोही कार्यालयका दुई केन्द्रबाट एक हजार १६०, जिल्ला प्रशासन कार्यालयबाट ४७२ र इलाका प्रशासन कार्यालय माडीबाट १७३ ले नामावली दर्ता गराएका छन् ।

स्थानीय निकायको निर्वाचनका क्रममा उमेर पुगेरसमेत मतदान गर्न नपाएका बढी सङ्ख्यामा नामावली दर्ता गर्न आएको उनले बताए। नामावली दर्ताका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइ भए बसाइँसराइको कागजपत्र र विवाह भएर आएको भए विवाह दर्ता आवश्यक पर्ने उहाँले जानकारी दिए। स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता रहेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending