Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

वर्षमानको चेतावनी : कांग्रेसले चलाखी गरे गठबन्धन टुट्छ, ओलीसँग एकता हुँदैन

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गरेका छन् । 

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको चुनावमा काँग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको तर्क गरे ।

उनले भने, ‘स्थानीय तह निर्वाचनमा काँग्रेसले गठबन्धनको नाउँमा  चलाखी गरेको देखियो। आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो। अब आउने निर्वाचनमा काँग्रेसको त्यस्तो चलाखी चल्दैन ।’ 

नेता पुनले काँग्रेसको चलाखीका बाबजुद अझै पनि काँग्रेससँगको गठबन्धनको औचित्य नसकिएको टिप्पणी गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सम्मानजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उनले चेतावनी दिए ।

‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ, नेता पुनले सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै भने, ‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा  चले पनि केपी ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन ।’

बाम गठबन्धनलाई जनताले चाहेको र रुचाएको भए पनि राज्यको प्राथमिकता छोडेर कम्युनिस्ट भएर धार्मिक अन्धतामा मात्र रमाउने र स्वेच्छाचारी ओली प्रवृत्तिका कारण बाम गठबन्धन अहिले सम्भावना नभएको बताए।

स्थानीय तहको निर्वाचनको परिणाम माओवादीले सोचेभन्दा केही कम आए पनि माओवादी केन्द्र भरोसायोग्य पार्टीको रूपमा जनताको बीचमा स्थापित भएको र जनताले विश्वास पनि गरेको उनले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्सा प्रकरणले निम्त्याएको विवाद, चुच्चे नक्सासहितको नयाँ नोट कहिले छापिन्छ ?

काठमाडौं । नेपालको केन्द्रीय ब्याङ्कका अधिकारीहरूले सरकारले हालै गरेको निर्णयअनुसार ‘आगामी चक्रमा’ नोट छाप्ने क्रममा सय रुपैयाँको नोटमा नेपालको नयाँ &...

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसा...

भारतसँगका समस्या वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताउँदै...

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी- डेढ अर्ब अपचलनको आरोपमा ८ पक्राउ

कास्की । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गर...

व्यास नगरपालिकाको पुनः मतगणना गर्न उच्च अदालतको आदेश, उल्टिएला नतिजा ?

पोखरा । तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्न पोखरा उच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले पुनः ...

सरकारको खर्च आम्दानीभन्दा दुई खर्बले बढी, झन् खस्कियो पुँजीगत खर्च

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपैयाँ बढी खर्च गरेको छ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार ...

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ । नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्। मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उनी विजयी भएका...

भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित मुलुकका ...

एमाले पनि तयार भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भोलि विश्वासको मत लिने भएका छन् । एमाले पनि तयार भएपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत ...

सन्दीपविरुद्धको मुद्दामा आज फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies