Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

आफूहरूको पार्टीलाई कमजोर नठान्न अध्यक्ष नेपालको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको बताएका छन्। अखिल नेपाल महिला सङ्घ समाजवादीको तेस्रो पूर्ण बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, “निर्वाचनमा गठबन्धन आवश्यक थियो, त्यसले राम्रो परिणाम दिएको छ, कहीँकतै समस्या भए होलान्, त्यसलाई आगामी दिनमा व्यवस्थापन गरेर जानुपर्छ, पार्टी सही ढङ्गले चलेन भने के हुन्छ ।”

आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै उनले भने, “हामीले पार्टी विभाजनको छोटो समयमा धेरै काम गरेका छौँ, पार्टीलाई विधान र विधिमा चलाएका छौँ । सामूहिक छलफल र निर्णयका आधारमा पार्टी चलेको छ ।” अध्यक्ष नेपालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसिसी० जस्ताको तेस्तै पास हुनबाट आफ्नो पार्टीले रोकेको दाबी गरे।

“केही पार्टी एमसिसी जस्ताको तस्तै पास गर्ने पक्षमा थिए । हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएपछि त्यसको विरोध गर्यौँ । माओवादी पनि विपक्षमा उभियो”, उनले भने, “हाम्रो अडानले ब्याख्यात्मक घोषणा गरेर पास गर्न सफल भयाँैं ।” एकीकृत समाजवादी सधैं जनता र राष्ट्रको पक्षमा उभिने उनको भनाइ थियो ।

अध्यक्ष  नेपालले कम्युनिस्ट पार्टी जोगाउन र संविधानको रक्षा गर्न तत्कालीन नेकपा ९एमाले०बाट विद्रोह गरेको बताए । उनले भने, “अब प्रतिस्पर्धाको मैदानमा तपाईं महिला अगाडि आउनुस्, तपाईंको क्षमता, सक्रियता र भूमिकाको आधारमा मूल्याङ्कन हुनेछ, त्यसमा तपाईंहरूले श्रेष्टता हासिल गर्नुपर्छ ।” अध्यक्ष नेपालले आफ्नो जिम्मेवारी पूरा गर्ने काममा महिला अगाडि बढेर त्यसैको आधारमा मूल्याङ्कन हुने बताए ।

समाजको वर्गीय दृष्टिलाई सही ढङ्गले बुझ्नु आवश्यक रहेको बताउँदै अध्यक्ष नेपालले समाजमा भएका महिला हिंसाका घटनाका विरोधमा अनेमसङ्घ सक्रिय हुनुपर्ने बताए । सो अवसरमा राष्ट्रियभामा निर्वाचित चार जना महिला सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई पार्टी अध्यक्ष नेपालले सम्मान गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending