Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

तारकेश्वरको लक्ष्य : पाँच वर्षभित्र चक्रपथ निर्माण

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरुपमा सञ्चालन गरिने भएको छ । 

काठमाडौँको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै आगामी पाँच वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने बताएको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रको कला, साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए्का हुन् । 

सबै जातजाति र समुदायका विभिन्न भाषा, लिपी, साहित्य, सङ्गीत, कलाको संरक्षण र विकास गर्न जोड दिने बताइएको छ ।

यस्तै, स्थानीय सडक कालोपत्र गर्न जोड दिने, ज्येष्ठ नागरिकका लागि विश्रामस्थल निर्माण गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, पानीसहित एक घर, एक धारा अभियान सञ्चालन गर्ने, नगरभित्रका सबै खोलामा आवश्यकताअनुसार करिडोर निर्माण गर्ने तथा वृक्षरोपण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाभित्रको यातायातलाई व्यवस्थित गर्न मुख्य चोकमा ट्राफिक बत्ती जडान गर्नुका साथै नगरबासीको सुरक्षाका लागि चोकचोकमा सिसीक्यामरा जडान गरिने बताइएको छ । 

यसैगरी, कृषिलाई आधुनिकीकरण गरिने, कौसी खेतीलाई प्रोत्साहन गरिने, पशु बीमा कार्यक्रम सुरु गरिने, तरकारीमा आत्मनिर्भर नगरपालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सो नगरपालिकाले पर्यटन पूर्वाधार विकासमा विशेष प्राथमिकता दिनुका साथै यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकको लागि आर्कषकको केन्द्रबिन्दु बनाउने नीति लिएको छ । नगरपालिकाभित्र भएका मठमन्दिरको उचित संरक्षण गर्ने, उद्योग विकास रणनीति योजना निर्माण गरिने, लघु उद्योगको स्तरोन्नति गर्ने, नगरपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रमा विशेषज्ञसहितको टोली खटाउने बताइएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्ग तथा अशक्त नगरवासीको घरमा पुगेर स्वास्थ्योपचार प्रदान गरिने, नगरभित्र खेलकुद विकासका लागि ‘नगर खेलकुद कोष’ स्थापना गर्ने, नगरपालिकाभित्र खेलकुद मैदानको स्तरोन्नति गर्ने, सामुदायिक विद्यालयका शिक्षकलाई तालिम प्रदान गर्ने, नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिला हिंसा न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त नगरपालिका निर्माण गर्ने, बाल क्लब गठन गर्ने , बालमैत्री नगर घोषणा गर्ने, प्राकृतिक जोखिमको क्षेत्र अध्ययन गर्ने र त्यस क्षेत्रमा वृक्षरोपण गर्ने विपद्मा परेका व्यक्तिलाई राहत प्रदान गरिने, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गरिने बताइएको छ ।

नगरपालिकालाई प्रविधियुक्त बनाउनका लागि आवश्यक पर्ने ऐन, कानुन निर्माण गर्ने, करको दायरा बढाउने बताइएको छ । तारकेश्वर नगरपालिकाले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा रु दुई अर्ब छ करोड ४६ लाख १४ हजार बजेट प्रस्ताव गरेको छ ।

तीमध्ये आन्तरिक स्रोतबाट रु २५ करोड पाँच लाख ३३ हजार, राजस्व बाँडफाँटतर्फ रु ५७ करोड ५२ लाख ५१ हजार, अन्य शीर्षकबाट रु ४५ करोड ७४ लाख ७७ हजार उठ्ने प्रक्षेपण गरेको छ । बाह्य स्रोतअन्तर्गत सङ्घीय सरकारबाट रु ५९ करोड छ लाख, प्रदेश सरकारबाट रु नौ करोड ५२ लाख ५३ हजार, अन्य शीर्षकबाट रु पाँच करोड ५५ लाख अनुमान गरेको छ ।

सो नगरपालिकाले आगामी आवको चालुतर्फ रु ६७ करोड ६९ लाख ५६ हजार र पूँजीगततर्फ रु एक अर्ब ३८ करोड लाग्ने अनुमान गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE