काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०का पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै टोलीलाई आज बिदाइ गरे। नेपालले क्यानडासँग दुईवटा एकदिवसीय क्रिकेट खेल्नेछ भने क्यानडाको स्थानीय क्लबसँग पनि एक खेल खेल्ने कार्यक्रम तय भएका छ । क्यानडा भ्रमण सकिएलगत्तै नेपाली टोली त्यहीँबाट स्कटल्यान्ड जानेछ ।
स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौं स्थानमा छ । नेपालले यसअघि खेलेको १६ खेलमा सात खेलमा जीत, आठ खेलमा हार र एक खेल बराबरीसहित १५ अङ्क जोडेको छ । स्कटल्यान्ड भने अङ्क तालिकाको दोस्रो स्थानमा छ । २० खेल खेलेको स्कटल्यान्ड २८ अङ्कका साथ दोस्रो स्थानमा छ । १४ खेल खेलेको नामिविया अङ्क तालिकाको छैटौं स्थानमा छ । नामिवियाले सात खेलमा जीत तथा सात खेलमा हार बेहोरेको छ ।
बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिग दुईअन्तर्गत स्कटल्यान्डसँगको खेल चुनौतीपूर्ण रहेको भन्दै खेलाडीलाई राम्रो गर्न शुभकामना दिए। त्यस्तै कप्तान सन्दीप लामिछानेले क्यानडाको वातावरण स्कटल्यान्डको जस्तै हुने भएकाले यस भ्रमणले लिग–२ का लागि उपयोगी हुने बताए। उहाँले क्यानडामा टिम बलियो बनाएर स्कटल्यान्ड जानेसमेत उल्लेख गरे ।
क्यानले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको यसअघि नै घोषणा गरिसकेको छ । नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी छन् । नेपाली टोली भोलि बिहान २ बजे क्यानडा जाँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: