जनकपुर । दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन् ।
पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिए ।
अधिकांश घरमा पानी पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । पानी निकासको समस्या समाधान नहुँदा बर्सेनि डुबानको समस्या हुने गरेको छ ।
वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, आन्तरिक राजस्व, हुलाकलगायत सरकारी कार्यालय परिसरमा पानी जमेको छ ।
बजार डुबानमा परेपछि व्यापार व्यवसाय चौपट भएको छ । अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ ।
कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासीलाई सचेत हुन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८१ - ०९:३७
सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय
कार्तिक २२ गते, २०८१ - ०९:३०
काभ्रे । गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाएभने भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन् घरबारविहीन भए । स्थानीय तह खोज, उ...
कार्तिक २२ गते, २०८१ - ०९:२३
काठमाडौं । हप्तौँका चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्। उनी कानुनी रूपमा दोष...
कार्तिक २२ गते, २०८१ - ०८:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनबारे छलफल गर्नको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक ब...
कार्तिक २२ गते, २०८१ - ०८:५१
काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा बुधबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । आकर्षक तलबको ...
कार्तिक २२ गते, २०८१ - ०८:४८
काठमाडौँ । वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । सङ्घल...
कार्तिक २२ गते, २०८१ - ०७:५१
धनुषाधाम । ‘बिहुली आगे बिहुली…सामा जाइछै ससुरा किछ गहनो चाही गे डिहुली’, राति अबेरसम्म यस्तै गीतले गुञ्जयमान हुने मैथिल समुदायमा दाजुभाइ तथा दिदीबहिनी...
कार्तिक २२ गते, २०८१ - ०७:४६
काठमाडौं । मानव तस्करीको आशंकामा प्रहरी निगरानीमा रहेका कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छ...
कार्तिक २२ गते, २०८१ - ०७:३५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रु...
कार्तिक २२ गते, २०८१ - ०७:२७
काठमाडौँ । कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ । आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप निर्वाचनको माहोल सुरु भएको हो । ...
प्रतिकृया लेख्नुहोस्: