Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

सामाजिक सञ्जालमा चर्चित मार्कोस जुनियर फिलिपिन्सका नयाँ राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौँ । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा बिहीवार फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिनेछन्।

धेरैको चासो रहेको निर्वाचनमा बोङबोङ उपनामले चिनिने मार्कोसले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई ६० प्रतिशत मत ल्याइ पराजित गरे।

उनको जीतले मार्कोस राजनीतिक वंशको रोचक पुनरागमनको सङ्केत गर्छ जुन सन् १९८६ मा भएको आम विद्रोह पछि पदच्युत भएको थियो।

निवर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिको शपथ लिने छिन्।

पारिवारिक पृष्ठभूमि

मार्कोस जुनियरले स्थानीय समय अनुसार दिउँसो १२ बजे मनिलास्थित राष्ट्रिय सङ्ग्रहालयमा शपथ लिनेछन्।

कार्यक्रममा सयौँ स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तित्वहरू सहभागी हुनेछन्। समारोहका निम्ति फिलिपिन्सको राजधानीमा करिब १५ हजार सुरक्षाकर्मी तैनाथ गरिने छन्।

त्यहाँको सर्वोच्च अदालतले मार्कोस जुनियरको पुनः निर्वाचन विरुद्धको बाँकी चुनौतीहरू खारेज गरेको केही दिन पछि उनी विजयी भएका हुन्।

मार्कोस जुनियरको चुनावी जीत मार्कोस परिवारका सदस्यहरूले आफ्नो राजनीतिक ख्याति पुनः प्राप्त गर्नका लागि दशकौँसम्म जारी राखेको सङ्घर्षको परिणामको रूपमा हेरिएको छ।

उनका बुबा फर्डिनान्डले सन् १९६५ देखि १९८६ सम्म देशको नेतृत्व गरेका थिए। उनले मार्शल कानुन लागू गरे र उनको नेतृत्व अवधिमा देशभरि व्यापक मानवअधिकार हनन भयो र भ्रष्टाचार बढ्यो।

सन् १९९६ मा जन विद्रोह गर्न लाखौँ मानिसहरू सडकमा उत्रिए पछि उनको शासन अन्त्य भयो। लगत्तै त्यतिबेला २८ वर्षीय बोङबोङ सहित मार्कोस परिवारले देश छोडेर हवाई गए।

लामो समय राजनीति गरेका उनी सन् १९९१ मा फिलिपिन्स फर्केका थिए। त्यति बेला देखि उनी आफ्नो बुबाले राष्ट्रपतिको रूपमा बिताएको समयलाई विकास र समृद्धिको "सुनौलो अवधि" को रूपमा चित्रण गर्न तल्लीन छन्।

चुनावमा सामाजिक सञ्जाल अभियान

मार्कोस जुनियरको सामाजिक सञ्जाल अभियानले उनको लोकप्रियतालाई ह्वात्तै बढायो। विशेष गरी तानाशाहलाई प्रत्यक्ष रूपमा अनुभव गर्न नपाएका युवा जमातहरू माझ उनी चर्चित बने।

आलोचकहरूले भने उनको सामाजिक सञ्जाल अभियान अन्तर्गत गलत जानकारीहरूको प्रवाह भएको र उनको बुवाको शासनकालमा भएको अत्याचारबारे तथ्य लुकाइएको आरोप लगाएका छन्। यद्यपि, उनले ती आरोपहरूको खण्डन गरे।

उनको चुनावी अभियान भर सारा डुटेर्टे पनि सँगै रहिन् जसले दुई सम्भ्रान्त परिवारहरू- उत्तरी फिलिपिन्सको मार्कोस र दक्षिणी मिन्डानाओ टापुका डुटेर्टेसको राजनीतिक शक्ति संयोजन गर्दै व्यापक बनाएको छ।

तर ६४ वर्षीय यी नेताले महामारीको असरबाट अझै बाहिर ननिस्किएको देशमा बढ्दो मुद्रास्फीति दर र ऋणका कारण प्रभावित अर्थतन्त्रको उत्तराधिकार सम्हाल्दै छन्।

आलोचकहरूले उनले रोजगारी बढाउने र मूल्य वृद्धिलाई सम्बोधन गर्ने प्रतिज्ञाहरू गरे पनि वास्तविक नीति सुधारका लागि कम छलफल गरेको बताएका छन्।

केहीले मार्कोस जुनियरले डुटेर्टेको कार्यकालमा लागूपदार्थ नीति विरुद्धको रक्तपातपूर्ण युद्ध र प्रेस स्वतन्त्रतामा कडाइका कारण स्थापित देशको छवि पुनर्स्थापना गरिदिउन् भन्ने चाहेका छन्।

यद्यपि, राष्ट्रपतिको शपथ कार्यक्रमभन्दा एक दिन अघि फिलिपिन्सको एक नियामक निकायले आफू खोजमूलक समाचार माध्यम र्‍यापलर बन्द गर्ने निर्णयमा दृढ रहेको जनायो। र्‍यापलर ती सञ्चार माध्यममध्ये एक हो जसले रोड्रिगो डुटेर्टेको सरकारको आलोचना गर्दै आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending