Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

खबरडबली संवाददाता

काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ ।

स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्याङ्क । न औषधि नै हुने,  न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ । एकातिर विदेशी मुद्रा सञ्चिति घट्दो छ भने अर्कातर्फ यस्ता अनावश्यक वस्तुको आयात बढ्दो छ ।

मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन । तर पनि यस्ता अनावश्यक र विलाशिताका वस्तुको आयातमा अर्बौं रकम बाहिरिरहेको तथ्याङ्क समयसमयमा सार्वजनिक हुने गरेको छ ।

खेतबारीमा सहजै उत्पादन गर्न सकिने वस्तुदेखि अनावश्यक ठानिएका वस्तुको आयात गरेर ठूलोमात्रामा विदेशी मुद्रा खर्च गरेर नेपालीले आफँैलाई थप परनिर्भर बनाइरहेका छन् । यस्तै तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ । एकाध मिनेटका लागि नेपाली समाजमा प्रचलित भनाइ जस्तै ‘मुखको तीतो मेट्न’का लागि चपाइनै त्यस्ता वस्तुको आयातका लागि मात्रै झण्डै रु ४१ करोड बराबरको लगानी गरिएको छ ।

विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट रु ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ । नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । त्यस्तै यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा रु दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार बराबरको  रकम बाहिरिएको छ । 

एघार महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ । यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्स जस्ता खानेकुराको आयातसमेत करोडौँमा हुने गरेको छ । ती खाद्य पदार्थको सेवन नगर्दा पनि नेपाली पछाडि पर्दैनन् । तर जसरी भए पनि खानैपर्ने भन्ने सोचका कारण विदेशी मुद्राको सञ्चिति घटाउन प्रयोग भइरहेको छ ।

चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलो बराबरको त्यस्ता खानेकुरा आयात भएको छ । त्यसका लागि मात्रै मुलुकबाट रु ६६ करोड ६५ लाख २५ हजार बराबरको रकम बाहिरिएको छ । यस अवधिमा बिस्कुटजस्ता खानेकुराको आयातमासमेत अर्बौं रकम विदेशिने गरेको देखिन्छ । चालु आवको जेठ मसान्तसम्म रु एक अर्ब ३७ लाखभन्दा बढीका बिस्कुट आयात भएको छ । 

त्यस्तै पापड रु १९ करोड ९४ लाख, मकैको खानेकुरा९कर्नफ्लेक्स० रु १८ करोड ४९ लाखमा आयात भएको विवरण छ । अनावश्यक ठानिएका यस्ता सामग्रीको आयातमा कडाइ गर्नुपर्ने माग पनि नउठेको होइन । तर सरकारी निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले देशभित्रै उत्पादन हुने बिस्कुटको प्रयोग सरकारी निकायमा अनिवार्यरुपमा गर्न यसअघि नै प्रक्रिया अगाडि बढाइसकिएको बताउनुभएको छ ।

विदेशी मुद्राको सञ्चिति ओरालो लागेको बेला अनावश्यक ठानिएका यस्ता वस्तुको तत्काल आयात प्रतिबन्ध लगाउनुपर्ने माग पनि उठेको छ । यी सामग्री अत्यावश्यक पनि नभएकाले सरकारले सामान्यरुपमा कडाइ गर्नेबित्तिकै नियन्त्रण भइहाल्ने सरोकारवालाको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending