खार्तुम । सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ ।
सरकार विरोधी आन्दोलन थप चर्किंदै जाँदा भएका प्रदर्शनका क्रममा शुक्रबार नौ जनाको मृत्यु भएको भन्दै शनिबार निकालिएको जुलुसमा हजारौं सहभागी बनेका छन् ।
राजधानी केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरूको दमनको विरोध गरेका हुन् ।
संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायका विभिन्न मुलुकले शान्तिपूर्ण विरोधमा सेनाबाट बल प्रयोग गरेको भनी घटनाप्रति चासो व्यक्त गर्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।
अक्टोबरदेखि अहिलेसम्म भएका प्रदर्शनका क्रममा १८ बालबालिकासहित ११३ जनाको मृत्यु भइसकेको छ ।
सरकारी अधिकारीहरुको दमनसँगै इन्टरनेटलगायतका सञ्चार सेवाहरु पनि विच्छेद गरेका छन् ।
आन्दोलनरत सर्वसाधारणको जमघट कम गर्न सरकारी अधिकारीहरुको निर्देशनमा इन्टरनेट सेवा अवरुद्ध पारेको सेवा प्रदायकहरुले जनाएका छन् ।
सुडानस्थित विभिन्न दूतावास तथा मानवअधिकारवादी संघसंस्थाहरुले भने सरकारी दमनको विरोध गर्दै लोकतन्त्रमा विरोधीहरुको मतको सम्मान गर्न आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०७९ - ०९:४५
कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव
श्रावण २६ गते, २०७९ - ०९:२१
काठमाडौं । चरी जेलैमा’को सिक्वेलको रुपमा ‘चरि जेलैमा २’ सार्वजनिक भएको छ। गायिका विष्णु माझीको स्वरमा रहेको उक्त गीत बुधबार सार्वजनिक भएको हो। गत ...
श्रावण २६ गते, २०७९ - ०९:१०
चीनको चेतावनी वेवास्ता गर्दै अमेरिकी सभामुख पलोसीको ताइवान भ्रमणपछि बढ्यो तनाव
श्रावण २६ गते, २०७९ - ०८:५६
काठमाडौं । इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमा...
श्रावण २६ गते, २०७९ - ०८:१३
म्याग्दी । सरकारी अनुदानको आशले उधारोमा सामान किनेर घर पुनःनिर्माण गरेका पहिरो पीडित ऋणमा डुबेका छन् । सरकारले सम्झौताअनुसार अनुदान रकम उपलब्ध गराउन र...
श्रावण २६ गते, २०७९ - ०८:०५
काठमाडौं । सत्तारुढ दलहरुले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यदलका स...
श्रावण २६ गते, २०७९ - ०७:५८
काठमाडौं । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दा...
श्रावण २६ गते, २०७९ - ०७:४९
'एमालेसँग गठबन्धन गर्दा पाएको क्षेत्रमा हाम्रो दाबी स्वभाविक'
श्रावण २६ गते, २०७९ - ०७:३८
वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज...
प्रतिकृया लेख्नुहोस्: