काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन)ले अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । एन प्याब्सनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्नेबारे आज नेपाल प्रहरी श्रीमती सङ्घसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहबीच हस्ताक्षर भएको छ । एन प्याब्सन आबद्ध विद्यालयमा पढाउने विद्यार्थीलाई भने नेपाल प्रहरी श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने हुन्छ । एन प्याब्सनमा आवद्ध एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने जनाइएको छ ।
कार्यक्रममा एन प्याब्सनका सहअध्यक्ष न्यौपानेले आर्थिक रुपमा विपन्न तथा अमर प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर गरिएको जानकारी दिए। उनले एन प्याब्सन अन्तर्गत देशभर तीन हजार ५०० विद्यालय आवद्ध रहेको बताउँदै एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने बताए। सहअध्यक्ष न्यौपानेले एन प्याब्सनले शिक्षाको माध्यमबाट समाजमा गर्नुपर्ने दायित्व पूरा गर्दै आइरहेको बताए। गुणस्तरीय शिक्षाका लागि एनप्याब्सनले सङ्घसँग सहकार्य गरेको उहाँको भनाइ छ ।
सङ्घका अध्यक्ष सिंहले देश विकासका लागि राष्ट्रसेवक प्रहरी कर्मचारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एन प्याब्सनले सहकार्य गरेकोमा खुशी व्यक्त गरे। उनले आर्थिक रुपले विपन्न तथा अमर प्रहरीका छोराछोरीमध्ये प्रत्येक वर्ष एक विद्यार्थीलाई निःशुल्क तथा अरु विद्यार्थीलाई भर्नामा मिनाहा गर्ने निर्णय सकारात्मक रहेको बताए। तल्लो दर्जामा कार्यरत प्रहरी कर्मचारीका परिवारलाई उक्त सेवामा प्राथमिकता दिने उनको भनाइ छ ।
सङ्घले यसअघि स्वास्थ्य उपचारमा छुट पाउनेसम्बन्धी चितवन मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ । आगामी दिनमा प्याव्सन र अन्य निकायसँग सहकार्य गर्दै जाने अध्यक्ष सिंहले बताए। सोही कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, पूजा चौधरी, दुर्गा सिंह र किरण राणाको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १४:५२
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरेको छन्। सिंहदरबारस्थित सभामुखको का...
पौष ६ गते, २०८२ - १४:३५
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोज...
पौष ६ गते, २०८२ - १३:५१
इस्लामाबाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछ...
पौष ६ गते, २०८२ - १३:३७
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास...
पौष ६ गते, २०८२ - १३:२२
काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकमा उनले राजीनामापत्र बुझा...
पौष ६ गते, २०८२ - १३:००
महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चि...
पौष ६ गते, २०८२ - १२:४७
काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह ...
पौष ६ गते, २०८२ - १२:३८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...
पौष ६ गते, २०८२ - १२:१६
ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...
पौष ६ गते, २०८२ - १२:०७
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...




प्रतिकृया लेख्नुहोस्: