Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

लिपिस्टिकमा मात्रै बाहिरियो करौंडौ रुपैँया, स्याम्पु आयातमा एक अर्ब विदेशियो

खबरडबली संवाददाता

काठमाडौँ ।  विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ ।

देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसद्देखि नागरिकस्तरमा पनि यसबारेमा नियमितरुपमा चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिती घटेको देखाइन्छ । तर राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्यका सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ । 

ती सामानको आयातमा मात्रै अर्बौं बराबरको रकम विदेशिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै रु ३० करोड ८३ लाख ५१ हजार रकम बाहिरिएको छ । 

विशेषगरी महिलाले प्रयोग गर्ने लिपिस्टिकलगायतका सामग्रीको आयातमा उक्त परिमाणको रकम बाहिरिएको हो । स्वास्थ्यका दृष्टिले लिपिस्टिकको प्रयोगलाई राम्रो मानिँदैन । चालु आवको जेठ मसान्तसम्म कूल दुई लाख ३७ हजार ४२९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ । ती सामग्रीको आयात गर्दा सरकारले रु ११ करोड ३७ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै रु १२ करोड ५९ लाख ५३ हजार मूल्य बराबरको करिब ४० हजार ७६३ केजी लिपिस्टिकलगायतका सामग्री आयात भएको छ । 

त्यस्तै चीनबाट एक लाख ९० हजार ६८७ केजी बराबरको सामग्री  रु ११ करोड ६० लाख ४८ हजार मूल्यमा आयात भएको छ । 

यस्तै आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागिसमेत निकै रकम खर्च भएको छ । ती सामानको आयातका लागि २२ करोडभन्दा बढी रकम विदेशिएको छ । चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् । जसका लागि रु २२ करोड ८१ लाख ९७ हजार बराबर रकम बाहिरिएको छ । यसबाट राज्यले रु आठ करोड ६४ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । आँखा सजावटका सामान भारतबाट मात्रै रु १० करोड ५६ लाख २६ हजार मूल्य बराबरको कूल छ हजार ६२९ केजी परिमाणमा आयात भएको छ । 

त्यस्तै चीनबाट रु छ करोड ९९ लाख २७ हजारमा ७८ हजार ३५३ केजी आयात भएका छन् । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्वर्ग, अमेरिका, पोल्याण्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ । 

त्यस्तै मेकअपका अर्को सामानका रुपमा रहेको क्रिम पाउडरको आयातमासमेत करोडौँ रकम खर्च हुने गरेको छ । विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा रु ९३ करोड ४९ लाख ९६ हजारका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले रु ३५ करोड २९ लाख ८० हजार बराबरको राजस्व सङ्कलन गरेको छ । 

यस अवधिमा विभिन्न मुलुकबाट चार लाख १७ हजार दुई केजी पाउडर खरिदका लागि रु २८ करोड ६६ लाख ४२ हजार मूल्य विदेशिएको छ । यो अवधिमा अनुहारमा लगाउने क्रिममात्रै रु ६४ करोड ८३ लाख ५५ हजार मूल्यमा दुई लाख ६२ हजार ७२५ केजी मुलुकमा भित्रिएको छ ।

विभागका अनुसार यस अवधिमा २४ हजार ४१८ लिटर  नङमा लगाउने ‘नेलपोलिस’ आयात भएको छ । एघार महिनामा नेपालीले रु पाँच करोड नौ लाख २३ हजार मूल्य खर्च गरेर नेलपोलिस आयात गरेका छन् । मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका मुलुकबाट आयात हुने गरेको पाइएको छ । यस अवधिमा चीनबाट रु दुई करोड ५८ लाख ४१ हजार तथा भारतबाट रु दुई करोड ३९ लाख १८ हजार बराबरको नेलपोलिस आयात भएको छ ।

४३ करोडभन्दा बढीको बडीलोसन

विभागको विवरणअनुसार जेठ मसान्तसम्म रु ४३ करोड ५७ लाख ५२ हजार मूल्यमा पाँच लाख सात हजार ५८८ केजी लोसन आयात भएको छ । त्यसबाट सरकारले रु १६ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । 

भारतबाट मात्रै रु ३१ करोड ४२ लाख ६८ हजार मूल्यमा दुई लाख ८४ हजार २०२ केजी बराबरको लोसन आयात भएको छ । त्यस्तै थाइल्यण्डबाट रु पाँच करोड ७६ लाख ४५ हजार, इन्डोनेशियाबाट रु दुई करोड ६२ लाख ३५ हजार मूल्य बराबरका लोसन आयात भएका छन् । 

महिलाले प्रयोग गर्ने सिन्दुरका आयातमा समेत लाखौँ खर्च हुने गरेको छ । एघार महिनामा रु ९८ लाख १५ हजार मूल्य बराबरको ४५ हजार ८०७ केजी सिन्दुर आयात भएको छ । सिन्दुर मुख्यगरी भारतबाट आयात हुने गरेको छ । विभागका अनुसार भारतबाट रु ९७ लाख ९२ हजार बराबरको सिन्दुर आयात भएको छ । त्यस्तै शृङ्गारका अन्य समानको आयातमा रु दुई अर्ब ८९ करोडभन्दा बढी रकम विदेशिएको छ । 

स्याम्पु आयातमा एक अर्ब विदेशियो

हामीले नुहाउँदा प्रयोग गर्ने स्याम्पु आयातमा अर्बौं विदेशिने गरेको विवरण सार्वजनिक भएको छ । चालु आवको ११ महिनामा रु एक अर्ब आठ करोड १० लाख ५४ हजार बराबरको रकम स्याम्पु आयातमा खर्च भएको छ । करिब ५७ लाख ८० हजार लिटर स्याम्पु आयातमा उक्त रकम विदेशिएको हो । स्याम्पुको आयातबाट सरकारले भने रु ४६ करोड ४७ लाख ९० हजार राजस्व जम्मा गरेको छ । यसैबीच कपाल रङ्गाउनकै लागि प्रयोग हुने सामग्रीको आयातमा  रु ५० करोड ५१ लाख २९ हजार बराबरको रकम मुलुक बाहिर गएको छ । एघार महिनाका अवधिमा कूल सात लाख ५८ हजार ७२६ केजी यस्ता रङ आयात भएको छ भने कपालमा लगाउने क्रिमका लागि रु छ करोड १७ लाख ६६ हजार बराबरको रकम मुलुक बाहिर गएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending