Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

रुसले युक्रेनबाट चोरेको अन्न कहाँ लैजान्छ ?

रुसी अन्नसँग मिसाएर आफ्नै देशको उत्पादन भनेर निर्यात गर्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं । रुसी सेनामाथि उसले कब्जा गरेका क्षेत्रमा युक्रेनी किसानबाट अन्न र अन्य कृषि उपज जस्तै सूर्यमुखीको बीउ, मल र कृषि उपकरण चोरेको बारम्बार आरोप लागिरहेको छ।

बीबीसीले किसानहरूसँग कुराकानी तथा भू-उपग्रह तस्बिरको विश्लेषण गरेर चोरी भएको अन्न कहाँ गइरहेको छ भन्ने प्रमाणहरू खोज्ने प्रयास गरेको छ।

युद्ध मोर्चाभन्दा केही दर्जन माइल टाढा मात्र रहेका युक्रेनी किसान दिमित्रोले हामीलाई २५ वर्षको अथक मेहनतबाट विकास गरेको व्यवसाय रुसी कब्जाको चार महिनामा कसरी गुम्यो भन्ने बताए।

बीबीसीले आफ्नो खेतबारी अहिले रुसी कब्जामा परेको क्षेत्रमा रहेका २०० भन्दा बढी किसानलाई सम्पर्क गर्ने प्रयास गर्‍यो।

ती किसानले प्रतिशोधको सामाना गर्नुपर्ने हुनसक्ने ठानेर हामीले उनको नाम दिमित्रो राखेका हौँ।

उनी हामीलाई भेट्न इच्छुक थोरैमध्ये एक कृषक थिए।

दिमित्रोले भने, "उनीहरूले हाम्रो अन्न चोरे। हाम्रो खेतबारी र उपकरणहरू नष्ट गरे।"

उनी रुसी सेनाले आफूले खेती गरिरहेको दशौँ हजार हेक्टरको ८० प्रतिशत जमिन कब्जा गरेको र औद्योगिक स्तरमा अन्न चोरेको आरोप लगाउँछन्।

उनी भन्छन्, "उनीहरूले हाम्रो कार्यालयमा लुटपाट गरेका छन्। पर्खालबाट तारहरू तानेका र हाम्रा आफन्तको फोटो समेत खिचेका छन्।"

एउटा कम्पनीको खेतबारी राखिएको सीसीटीभीले रुसीहरू आइपुगेको क्षणलाई कैद गरेको देखिन्छ।

हामीले खेत मालिकहरूको पहिचानको सुरक्षा गर्न उक्त भिडिओमा देखिएका केही दृश्यलाई धमिलो बनाइदिएका छौँ।

तर त्यसमा सैन्य सवारीसाधनहरूमा रुसी सेनाले जेड अक्षर लेखेको सङ्केत प्रयोग गरेको स्पष्ट देखिन्छ।

पछि एउटा सैनिकले सुरक्षा क्यामेरा देखेर त्यसमा गोली हान्दा त्यो गोली नलागेको पनि देखिन्छ।

बीबीसीले स्थानीय रूपमा कब्जा गर्ने अधिकारीहरूलाई अन्न हस्तान्तरण गर्न फार्महरूलाई सूचीबद्ध गर्ने कागजातहरू पनि प्राप्त गरेको छ।

बीबीसी रुसी र बीबीसी युक्रेनी सेवाले गरेको छुट्टै अनुसन्धानले केही अवस्थामा रुसीहरूले युक्रेनी किसानहरूलाई बजार दरभन्दा कम मूल्यमा अन्न बेच्न र "कानुनी रूपमा" खरिद गरिएको प्रमाणित गर्न कागजातहरूमा हस्ताक्षर गर्न बाध्य पारिरहेको देखाएका छन्।

सुरुमा आएका खबरहरूमा सेनाले अन्न लुटेको जनाइएको थियो।

तर अहिले किसानहरूले बताएअनुसार रुसी सेनाले रणनीतिमा परिवर्तन गरेको छ।

त्यसको कारण के हो भने रुसीहरूले यदि केही नतिरी अन्न लगेमा भविष्यमा खेती नै नहुने अवस्था हुनसक्ने महसुस गरेर त्यस्तो गरेको हुनसक्ने किसानहरूको भनाइ छ।

इन्धन किन्न र कामदारलाई तलब दिन विकल्प नभएकाले सस्तो मूल्य स्वीकार्नुपर्ने अवस्था रहेको किसानको भनाइ छ।

अन्तर्राष्ट्रिय कानुनकी एकजना जानकार ब्यारिस्टर एमिली पोटलले यी कार्यहरूले जेनेभा महासन्धि र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले कब्जा गर्नेहरूले पालन गर्नुपर्ने नियमहरू भनी तोकेका नियमहरूको उल्लङ्घन गर्नसक्ने बताइन्।

हामीले यी आरोपबारे सोध्न रुसी अधिकारीहरूसँग सम्पर्क गरेका भए पनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त गर्न सकेका छैनौँ।

यद्यपि रुसी नियन्त्रित क्षेत्रका केही अधिकारीहरूले अहिले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूबाट युक्रेनी खाद्यान्न लैजानेबारे खुला रूपमै कुरा गर्ने गरेका छन्।

दिमित्रोले रुसीहरूले नियन्त्रमा लिएका केही अन्न भरिएका ट्रकहरूमा जीपीएस ट्र्याकरहरू जडान गरिएको बताए।

हामीले जीपीएसको डेटा प्रयोग गर्न सफल भयौँ र ती दक्षिण क्राइमिया पुगेको पायौँ।

उक्त क्षेत्रलाई रुसले सन् २०१४ मा आक्रमण गरी आफ्नो देशमा गाभेको थियो।

जीपीएस डेटाबाट दुवै ट्रकहरू क्राइमियाको ओक्ट्याब्रस्के सहरको अन्न भण्डारण गर्ने स्थान नजिकै रोकिएको देखियो।

जुन १४ देखि भू-उपग्रह तस्बिरमा उक्त भण्डारणस्थल छेउको सडकमा ट्रकहरूको लाइन देख्न सकिन्छ।

तर ती हामीसँग जीपीएस डेटा भएका ट्रकहरू थिएनन्। ती अन्न तथा अन्य सामाग्री बोक्ने ट्रकजस्ता देखिएका छन्। उक्त भण्डारणस्थल रेल लाइनको छेउमा रहेको देख्न सकिन्छ।

त्यहाँबाट अन्नलाई रुस वा दक्षिणी क्रिमियाका बन्दरगामा ढुवानी गर्न सकिन्छ। गोदामको छतमा रुसी आक्रमणको प्रतीक जेड अक्षर पनि देख्न सकिन्छ।

सिमानामा लाम

क्राइमियामा दुई मुख्य प्रवेश बिन्दुहरू चोन्हार र आर्म्यान्सको पनि भू-उपग्रह तस्बिरहरू छन्। त्यहाँ सवारीसाधनहरू देख्न सकिन्छ। ती अनाज र अन्य उत्पादनहरू ढुवानी गर्न प्रयोग गर्न सकिन्छन्।

जुन १७ मा लिइएको एउटा तस्बिरमा चोन्हार प्रवेश बिन्दुबाट पाँच किलोमिटर भन्दा लामो ट्रकहरूको लाइन देखिन्छ।

क्राइमियामा यो स्तरको ट्राफिक जाम असामान्य हो किनकि युक्रेनले २०१४ देखि उक्त क्षेत्रमा पहुँच पाउन सकेको छैन र अन्य स्थानबाट मात्र उसले अन्नको निर्यात गर्दै आएको छ।

रुसी फौजलाई सामानहरू ढुवानी गरेका रित्ता ट्रकहरूका कारण उक्त लामो लाम लागेको भनेर पनि भन्न सकिएला तर के चाहिँ सहजै विश्लेषण गर्न सकिने कुरा हो भने धेरै ट्रकहरूले अन्न बोकिरहेका छन् र ती युक्रेनी किसानका उत्पादन हुन्।

क्राइमियास्थित झाङ्कोइ सहरका भू-उपग्रह तस्बिरहरूले गोदामसँगैको सडकमा ट्रकहरू अन्न लिनका लागि प्रतिक्षा गरिरहेको देखाउँछन्। उक्त सडक नजिकैको रेल स्टेशनमा जोडिएको छ।

उक्त गोदाम नजिकैको स्टेशनका तस्बिरहरूमा अन्न ढुवानीमा प्रयोग हुने सवारीसाधनका साथमा कार्गो बोक्ने रेलहरू देख्न सकिन्छ।

उक्त सहरका रेलहरू सेभास्टोपोल र केर्च बन्दरगाहको सञ्जालमा जोडिएका छन्। त्यहाँबाट उत्पादनहरूलाई रुस र अन्य देशहरूमा पठाउन सकिन्छ।

युक्रेनी अन्न कहाँ लगिँदैछ?

किएभस्थित इन्स्टिच्युट फर ब्ल्याक सी स्ट्राटेजिक स्टडिज्‌का एक विज्ञ आन्द्री क्ल्यामेन्को भन्छन्, "उनीहरू सबैभन्दा पहिले अन्न क्राइमियामा लैजान्छन्। त्यहाँबाट केर्च वा सेभास्टोपोल बन्दरगाहमा पुर्‍याउँछन् अनि रुसी जहाजमा राखेर केर्च स्ट्रेटतिर लान्छन्।"

त्यहाँबाट रुसीहरूले साना जहाजबाट ठूला खाले ढुवानीमा प्रयोग हुने जहाजमा राख्ने अनि रुस पुर्‍याएर रुसी अन्नसँग मिसाएर आफ्नै देशको उत्पादन भन्ने प्रमाणपत्र जारी गरेर निर्यात गर्ने गरेको उनको भनाइ छ।

त्यसरी निर्यात गरिने अन्न प्राय: सिरिया अथवा टर्कीतर्फ पठाइन्छ। टर्कीका विदेशमन्त्रीले आफूहरूले रुसबाट युक्रेनी अन्न आइरहेको भन्ने दाबीबारे अनुसन्धान गरेको र हालसम्म त्यस्तो पुष्टि हुने केही प्रमाण नभेटेको बताएका छन्।

उनले भने, "हामीले जहाजको प्रस्थान बन्दरगाह र उत्पत्तिको प्रमण रुसको रहेको पाएका छौँ।"

सेभास्टोपोलमा अस्वभाविक गतिविधि

पश्चिमी क्राइमियाको सेभास्टोपोल बन्दरगाहको अभ्लिता अन्न भण्डारण केन्द्रमा जुन महिनाभरि उच्च तहका गतिविधिहरू भएको भू-उपग्रह तस्बिरहरूले देखउँछन्।

त्यहाँ अन्न जस्तै पहेँलो रङको देखिने सामान कैयौँ जहाजमा कतै लानका लागि राखिँदै गरेको देखिन्छ।

गएका पछिल्ला केही वर्षहरूमा जून महिनामा उक्त बन्दरगाहमा भएका गतिविधिलाई पनि हामीले त्यस्तै तस्बिरका माध्यमबाट अवलोकन गर्‍यौँ तर ती वर्षहरूमा यस्तो धेरै गतिविधि भएको पाइएन।

हामीले कुराकानी गरेका केही विज्ञले युक्रेनको मुख्य भूमिबाट अन्न लगिएमा मात्र त्यस्तो गतिविधि हुनसक्ने बताए।

किएभ स्कूल अफ इकोनोमिक्सकी कृषि नीतिसम्बन्धी विज्ञ मारिया बोगोनोस भन्छिन्,"क्राइमियाले वास्तवमा निर्यात गर्न पुग्ने पर्याप्त अन्न उब्जाउँदैन। त्यो निर्यातका लागि अन्न उब्जाउने स्थान होइन।"

सेभास्तोपोल बन्दरगाह प्रयोग गरेर आफ्नै अन्न निर्यात गर्नको लागि रुसका लागि पनि त्यो भौगोलिक रूपमा उपयुक्त देखिँदैन।

रुस र युक्रेन दुवै देशमा काम गर्ने ग्रीन स्क्वायर एग्रोका एकजना कृषि विज्ञ माइक ली गत वर्षको खेतीबाट उब्जेको र भण्डारमा राखिएको अन्न नै बरु बाहिर निस्किएको हुनसक्छ।

उनी युद्धका कारण उक्त अन्न बाहिर नआएको र अहिले आएको हुनसक्ने ठान्छन्।

आफ्ना निगरानी संयन्त्रहरू बन्द गर्ने जहाजहरू
अमेरिकी र युक्रेनी अधिकारीहरू तथा विभिन्न समाचारमाध्यममा आएका खबरहरूका अनुसार क्राइमियाबाट नौ वटा जहाजमा लुटिएको अन्न विदेशमा पठाइएको छ।

लड्स लिस्ट इन्टलिजेन्स (एलएलआई) को डेटा प्रयोग गरेर बीबीसीले ती जहाजहरूको यात्रालाई पछ्याउन सकेको छ।

गत एप्रिलयता ती जहाजहरू क्राइमियाका बन्दरगाहहरूबाट टर्की र सिरियाका बन्दरगाहहरूमा पुगेको देखिन्छ।

एलएलआईका अनुसार ती जहाजहरूले आफ्नो यात्रा सुरु गरेर अन्त्य गर्ने बेलामा "भ्रामक विवरणहरू दिएको" पाइएको छ।

बीबीसीले दुईवटा रुसी कम्पनीको स्वामित्वमा रहेका र सिरियाली समुद्री प्राधिकरणले चलाउने एउटा जहाजको यात्रालाई रेखाङ्कित गरेको छ।

हामीले ती जहाजका रुसी र सिरियाली मालिकहरूसँग सम्पर्क गर्दा पनि उनीहरूको प्रतिक्रिया पाउन सकेनौँ।

निरन्तर ट्र्याक गर्न मिल्ने प्रणालीमा उनीहरूका कतिपय गतिविधि नदेखिने बनाएको भए पनि भू-उपग्रह तस्बिरहरूमा तीमध्ये केही जहाजहरू कहाँ थिए भन्ने देख्न सकिन्छ।

म्याक्सर नामक एउटा जहाज काइमियाबाट हिडेर पाँच दिनका लागि हराउँछ र ब्ल्याक सीको दक्षिणी भेगमा पुन: देखापर्छ।

त्यसपछि फेरि त्यो सिरियाको एउटा बन्दरगाहमा देखिन्छ तर उसको ट्र्याकिङ प्रणाली बन्द गरिएको हुन्छ।

संयुक्त राष्ट्र सङ्घको सेफ्टी अफ लाइफ एट सी (एसओएलएएस) अनुसार जहाजहरूले सधैँ नै आफ्नो ट्र्याकिङ प्रणालीलाई चालु राख्नुपर्छ।

यद्यपि समुद्री लुटेरालगायतको आक्रमणको खतराको अवस्थामा भने त्यसलाई बन्द गर्न पनि पाइन्छ।

युक्रेनमा हाना टिकेन्नेइडर, सिरा थेइरिज, एना चोर्नोस र लण्डनमा जोस चीथम, ज्याक होर्टोन, ड्यानी पालुम्बो, एर्वन रिभालुट र आन्द्रेई जाखारोभको सहयोगमा।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending