Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

म्याग्दीमा नदी नियन्त्रण योजना निर्माण

खबरडबली संवाददाता

म्याग्दी । कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको हो । 

मालिकाले दुई खण्डमा रु एक करोडभन्दा बढीको लागतमा पक्की पर्खाल निर्माण भएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले दुईवटै खण्डको पर्खाल निर्माणको काम सकिएको जानकारी दिए। 

“निर्माण व्यवसायीले पर्खाल निर्माणको काम सकिएको प्रतिवेदनसहित भुक्तानीका लागि बिल पेश गरेका छन्”, उनले भने, “प्रयोगशालामा पठाइएको पर्खाल निर्माणमा प्रयोग भएका सामग्रीको परीक्षण प्रतिवेदनको प्रतिक्षा र मूल्याङ्कनको चरणमा छौँ ।”

बयालीस मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल निर्माण गर्न आर्थिक वर्ष २०७७÷७८ मा हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्शनले रु ५६ लाखमा ठेक्का लिएको थियो । चालु आव २०७८÷७९ मा कार्यशक्ति कन्ट्रक्शनले ५६ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल बनाउन रु ६४ लाखमा ठेक्का लिएको थियो । 

मालिका गाउँपालिकाका इञ्जीनियर नमोनारायण ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा रु ८० लाख र चालु आर्थिक वर्षमा रु एक करोड विनियोजन भएकामा प्रतिस्पर्धाका क्रममा कम कबोलेका हिमालयन र कार्यशक्तिले ठेक्का पाएका हुन् ।

हिमालयन बिल्डर्सले गत जेठ २१ गते पर्खाल ढलानका क्रममा तोकिएको र सम्झौताअनुसारको निर्माण सामग्री प्रयोग नगरेको भेटिएपछि भत्काएर पुनः बनाउन लगाइएको थियो । यसपालि गाउँपालिकाबाहेक प्रदेश सरकारमार्फत पनि १० मिटर थप पक्की पर्खाल निर्माण भएको छ । 

गत वर्ष निर्माणाधीन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक घर, जनप्रिय माविको भवन र खेलमैदान भत्किएको थियो । करिब ३०० घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ । 

विसं २०७६ सम्म हिउँदमा ग्याबियन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो । विसं २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिइएको मालिका–६ का निवर्तमान वडाध्यक्ष सन्तोष सुवेदीले बताए । 

सो वर्ष नदी किनारमा ४५ मिटर लामो, सात मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण गरिएको थियो । मालिकाले रु ५५ लाख र सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा तत्कालीन स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रु २५ लाख बजेटमा उपभोक्ता समितिले पक्की पर्खाल बनाएका थिए । 

स्थानीयवासी श्रीदत्त गौतमले नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि दरवाङ बजारवासीले सुरक्षित महसुस गरेका बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE