Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भानुभक्तको जन्म जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने, ३५ जिल्लाबाट कविता प्राप्त

खबरडबली संवाददाता

दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ । 

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागेको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको हो । कविता पठाउने अन्तिम दिन सोमबारसम्म सो कविता प्राप्त भएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए। उनका अनुसार प्रतियोगिताका लागि ८७ जनाको कविता प्राप्त भएको छ । उक्त कविताहरु असार २८ गते वाचन गरिनेछ । कविता वाचनका लागि प्रतियोगी स्वयं उपस्थित हुनुपर्ने रानाभाटले बताउनुभयो । विकास समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ । 

सोही क्रममा चुँदीरम्घामा कविता प्रतियोगिता आयोजना गरिएको छ । कविता प्रतियोगिताका लागि नुवाकोट, ओखलढुङ्गा, चितवन, काठमाडौँ, कास्की, रुपन्देही, तनहुँ, सुनसरी, बैतडी, मकवानपुर, बारा, रोल्पा, बर्दिया, झापा, कैलाली, नवलपरासी, खोटाङ, स्याङ्जा, पर्वत, कपिलवस्तु, भक्तपुर, लमजुङ, पाल्पा, सिन्धुपाल्चोक, गोरखा, इलाम, सिराहा, धनुषा, नवलपुर, रामेछाप, ताप्लेजुङ, अछाम, ललितपुर, दोलखा र गुल्मीबाट सहभागीले कविता पठाएका छन् ।

प्रतियोगितामा प्रथमलाई रु २० हजार, द्वितीयलाई रु १५ हजार, तृतीयलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ । कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, युनिकोडमा टाइप गरेको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनैतिक आक्षेप लगाउने किसिमको हुन नहुने जनाइएको छ । 

भानुजयन्तीका अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरि, भानुभक्तको सालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिनेछ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदा दिएको छ ।

मोतिराम भट्टले भानुभक्तलाई नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।  भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...

टुँडिखेलमा यसरी मनाइयो ‘विश्व ध्यान दिवस’

काठमाडौँ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान ...

रास्वपाको केन्द्रीय समिति बैठकबारे आन्तरिक छलफल, रविलाई ३ बजे स्वागत गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै, समावेशी कोटामा हेरफेर

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...

मुस्ताङमा ९५ क्यामरामार्फत हुँदै छ हिउँ चितुवाका सर्वेक्षण

मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...

सप्तरीको कञ्चनरुपमा आगलागीपछि झडप: दुई जनामाथि चुलेसी प्रहार, पाँच जना फरार

सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...

नोबेल अस्पतालको भवनबाट खसेर प्रशिक्षार्थी चिकित्सकको मृत्यु

विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending