काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे। सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् ।
मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ । आकर्षण इन्टरनेशनलबाट १४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौँमै आएको छ । बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ ।
छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्र्टन टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए । “कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ”, उनले भने, “नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुनेछैन ।”
सो कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए ।
उक्त कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रि¬ङ्गेट तलब पाउनेछन् । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।
आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरुआत गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताउनुभयो । १८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको सो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १३:०२
कास्की। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन...
आषाढ़ २२ गते, २०८३ - १२:३८
काठमाडौं । दैलेखमा १८ असारमा भएको सवारी दुर्घटनाको विषयमा सरकारले पर्याप्त चासो नदिएको भन्दै प्रतिनिधिसभाका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग...
आषाढ़ २२ गते, २०८३ - १२:२९
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसअघि निर्माण व्यवसायीको ‘खुट्टा भाँच्ने’ अभि...
आषाढ़ २२ गते, २०८३ - १२:१८
नेपालगन्ज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वि...
आषाढ़ २२ गते, २०८३ - ११:५५
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। उनी आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर...
आषाढ़ २२ गते, २०८३ - ११:२१
संयुक्त राज्य अमेरिका। विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्...
आषाढ़ २२ गते, २०८३ - १०:५६
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्...
आषाढ़ २२ गते, २०८३ - १०:३९
काठमाडौं। कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले तीव्रता पाएको छ। हालसम्म २५ ...
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...



प्रतिकृया लेख्नुहोस्: