काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ ।
सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्याको गणना गर्न माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाई सङ्ख्या यकिन गर्न निर्देशन दिए । तीन मिनेटसम्म घण्टी बजाई सङ्ख्या यकिन गर्दा कुनै पनि प्रस्ताव पारित हुनका लागि सांसदको कूल उपस्थिति सङ्ख्या एक चौथाइअर्थात् ६९ हुनुपर्नेमा ६७ मात्रै रह्यो ।
यसअघि पनि त्यस्तै अवस्था आएकाले सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका थिए । तेस्रो पटक पनि गणपूरक सङ्ख्या नपुगेपछि सभामुख सापकोटाले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी दिनुभयो ।
त्यसअघि बैठकले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई पारित गरेको थियो । गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २३ गते दिउँसो २ बजे बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १५:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को बैठक काठमाडौंको चुणदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। पूर्व कार्यवाहक स...
आषाढ़ २२ गते, २०८३ - १४:२९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्तिबारे उठेका प्रश्न...
आषाढ़ २२ गते, २०८३ - १४:२१
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय संरचनामाथि ...
आषाढ़ २२ गते, २०८३ - १४:१२
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएको छन्। सोमबार बसेक...
आषाढ़ २२ गते, २०८३ - १३:४७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए...
आषाढ़ २२ गते, २०८३ - १३:०२
कास्की। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन...
आषाढ़ २२ गते, २०८३ - १२:३८
काठमाडौं । दैलेखमा १८ असारमा भएको सवारी दुर्घटनाको विषयमा सरकारले पर्याप्त चासो नदिएको भन्दै प्रतिनिधिसभाका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग...
आषाढ़ २२ गते, २०८३ - १२:२९
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसअघि निर्माण व्यवसायीको ‘खुट्टा भाँच्ने’ अभि...
आषाढ़ २२ गते, २०८३ - १२:१८
नेपालगन्ज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वि...
आषाढ़ २२ गते, २०८३ - ११:५५
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। उनी आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर...



प्रतिकृया लेख्नुहोस्: