Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

शिन्जो आबे: जापानका पूर्व नेताका आरोपित हत्यारा को हुन्?

खबरडबली संवाददाता

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेका प्रहरीले सन्दिग्ध हमलाकारीले 'निश्चित संस्था' विरुद्ध ईख राखेको बताएका छन्।

ती आरोपित बन्दुकधारी ४१ वर्षका तेत्सुया यामागामीले आबे पनि उक्त समूहको हिस्सा रहेको ठानेको र त्यसकै कारण उनलाई गोली हानेको बताएका छन्।

सो समूहको नाम नखुलाईकन प्रहरीले त्यस्तो जानकारी दिएको हो।

एउटा राजनीतिक अभियानमा सम्बोधन गरिरहँदा गोली हानिएका आबेको शुक्रवार बिहान अस्पतालमा निधन भएको थियो।

यामागामीले उनलाई घरेलु बन्दुकले गोली हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

६७ वर्षका आबे जापानका सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री थिए।

बन्दुक सम्बन्धी अपराध एकदमै दुर्लभ रूपमा हुने जापानमा भएको उनको हत्या मानिसहरूलाई स्तब्ध बनाएको छ।

माथिल्लो सदन अन्तर्गत आइतवारका लागितय गरिएको उपचुनावमा लिबरल डिमेक्रेटिक पार्टीको पक्षमा अभियानमा सहभागी भइरहँदा आबेमाथि गोली प्रहार भएको थियो।

लिबरल डेमेक्रेटिक पार्टीका नेता रहेका जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आबेको निधनको खबरले आफू 'निशब्द' भएको भन्दै जापानको लोकतन्त्रले 'हिंसासामु कहिले पनि घुँडा नटेक्ने' बताएका छन्।

उनले थप सुरक्षा व्यवस्थासहित शनिवार चुनावी अभियान सञ्चालन हुने र आइतवारको मतदान जारी रहने बताए।

बन्दुकधारीले भाग्ने प्रयास गरेनन्

प्रहरीले हमलाकारीले आबेलाई नै निशाना बनाउनुको कारणका बारेमा अनुसन्धान गरिरहेका छन्।

उनीहरूले हमलाकारी एक्लैले यो काम गरेका हुन कि होइनन् भन्ने पनि छानबिन गरिरहेको जनाएका छन्।

एक जना राजनीतिक उम्मेदवारको पक्षमा दक्षिणी सडक नारामा सडकको चोकमा उभिएर सम्बोधन गरिरहेका बेला हमलाकारीले आबेलाई पछाडिबाट गोली प्रहार गरेका थिए।

उक्त घटनास्थलमा खिचिएका तस्बिरमा गोली हान्नुअघि उनी आबे नजिकै उभिरहेको देखिन्छ।

प्रत्यक्षदर्शीहरूले एक जना व्यक्तिले ठूलो बन्दुक बोकेर आबेभन्दा केही मिटर पर हिँडेको र दुई पटक गोली चलाएको देखेको बताएका छन्।

विश्वास नै गर्न नसकिने घटना भएको देखेर छेउछाउमा उभिएका व्यक्तिहरू चिच्याइरहँदा आबे भुईँमा ढलेका थिए।

त्यसपछि सुरक्षा अधिकारीहरू ती बन्दुकधारीमाथि हाम फालेका थिए। तर हमलाकारीले भाग्ने कुनै प्रयास गरेनन्।

हमलाकारीले के भनेका छन्

आबेको हत्यामा प्रयोग गरिएको बन्दुक धातु र काठले बनेको प्रहरीले जनाएको छ र त्यो एक प्रकारको टेपले बेरिएको थियो।

पछि सन्दिग्ध हमलाकारीको घरमा कैयौँ अरू घरेलु बन्दुक र विस्फोटक सामग्री फेला परेको थियो।

प्रहरीले हमलाकारी बेरोजगार रहेको जनाएका छन्।

समाचार संस्था रोर्यटसका अनुसार हमलाकारीले प्रहरीलाई आफू आबेसँग असन्तुष्ट रहेको र उनको हत्या गर्न चाहेको बताएका छन्।

घटनास्थलको भिडिओमा उनले खैरो रङ्गको टी-सर्ट र ट्राउजर लगाएको देखिन्छ।

रक्षा मन्त्रालयका सूत्रहरूलाई उद्धृत गर्दै जापानी प्रसारक एनएचकेले भनेको छ, "सन्दिग्ध सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य हुन् र उनले आफैँले बनाएको बन्दुकले गोली हानेका थिए। सन् २००५ देखि ३ वर्षसम्म उनी जापानको सेल्फ डिफेन्स फोर्समा काम गरेका थिए।"

अनुसन्धानकर्ताहरूका अनुसार हमलाकारीले एउटा धार्मिक समूहका नेतामाथि आक्रमण गर्ने योजना सुरुमा बनाएका थिए।

आबेको शव टोक्यो लगियो

गोलीका कारण आबेको घाँटी र मुटुमा गम्भीर चोट लागेको थियो। हमला भएको केही मिनेट उनको चेत कायमै रहेको र प्रतिक्रिया जनाइरहेको भनिएपनि उपचारका लागि लैजाँदासम्म उनको महत्त्वपूर्ण अङ्गले प्रतिक्रिया जनाउन छाडेका चिकित्सकहरूले बताएका थिए।

उनलाई शुक्रवार नै चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

शनिवार स्थानीय समय अनुसार ६ बजे आबेको शव बोकेको एउटा ठूलो वाहन अस्पतालबाट उनको टोक्योस्थित निवासका लागि गएको देखिएको थियो।

संवाददाताहरू भन्छन् बन्दुक सम्बन्धी हिंसाहरू एकदमै दुर्लभ हुने जापान पछिल्लो हत्याकाण्डले स्तब्ध भएको छ।

तर राजनीतिक नेताहरूले आइतवार हुने राष्ट्रिय सभाको चुनावको अभियानलाई निरन्तरता दिने बताएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय छानविन समितिको सिफारिस रवि लामिछानेमाथि मुद्दा चलाउनेबाहेक भएनन् कार्यान्वयन

जीबी राईलाई सरकारले पक्राउ गर्न नसकेको कि नचाहेको ?

सूर्यदर्शन सहकारी ठगीमा मुद्दा चलाउन पर्याप्त आधार हुँदाहुँदै सत्ताको आडमा एमाले नेता पहारीलाई भने उन्मुक्ति

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित थप ४४ विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । यसअ...

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा भएकी थिइन् सम्मानित

भारतका प्रसिद्ध गायक सोनु निगम नेपाल आउँदै

काठमाडौँ । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन्। यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात ...

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उहाँले आफू सहित दुईजना...

गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।  सो सेवा अन्तर्गत गर्भवतीला...

रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

काठमाडौँ । आइतवार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

इपिएस भाषा परीक्षामा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्।  सन् २०२४ मा इपिएसमा...

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’

पर्सा । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेक...

सुनसहित दुई भारतीय नागरिक पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट पाँच सय ४९ दशमलव दुई ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy