काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान केन्द्रमा लाइनमा बसेकाबाहेक अन्यले मतदान गर्न पाउने छैनन्।
यसपटकको निर्वाचनमा विशेषगरी कोशी प्रदेशमा नयाँ दलहरूको प्रतिस्पर्धाले रोचक स्थिति देखिएको विश्लेषण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ चिन्हलाई श्रम संस्कृति पार्टीको ‘माटो’ चिन्ह र मंगोल नेशनल अर्गनाइजेसनको ‘भाले’ चिन्हले चुनौती दिएको बताइन्छ।
निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन सर्वेक्षकहरूका अनुसार झापा, मोरङ र सुनसरी क्षेत्रमा मत परिणामको अनुमान गर्न अहिले नै कठिन देखिएको छ।
स्थानीय सर्वेक्षणमा संलग्न व्यक्तिहरूका अनुसार परिवर्तनको नारासहित मैदानमा आएको रास्वपाले केही क्षेत्रमा राम्रो मत आकर्षित गरे पनि अन्य नयाँ दलले पनि त्यही मत आधारमा प्रभाव पारेको देखिन्छ।
विशेषगरी असन्तुष्ट मतदाताको मत विभिन्न नयाँ दलबीच बाँडिने सम्भावना देखिएकाले यसपटक धेरै क्षेत्रमा नतिजा निकै कम मतान्तरले आउने अनुमान गरिएको छ।
विश्लेषकहरूका अनुसार पहिलेजस्तो फराकिलो अन्तरले हारजित नहुने र कतिपय क्षेत्रमा एक हजारभन्दा कम मतान्तरमा परिणाम आउने अवस्था देखिएको छ। त्यसैले झापा, मोरङ र सुनसरीका धेरै निर्वाचन क्षेत्रमा मतगणना सुरु नहुँदासम्म नतिजाबारे ठोस अनुमान गर्न गाह्रो हुने उनीहरूको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८३ - २१:१८
‘प्लेन आएको भए छोरा बच्थ्यो’
बैशाख २८ गते, २०८३ - २१:१६
काठमाडौँ। नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरक...
बैशाख २८ गते, २०८३ - २१:१२
जनकपुर । मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ। आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्...
बैशाख २८ गते, २०८३ - २१:०३
काठमाडाैँ । चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन्। यही रणनीतिक विस्तार...
बैशाख २८ गते, २०८३ - २१:०१
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण ...
बैशाख २८ गते, २०८३ - १९:४२
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा केहीबेरमै सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा सार्वजनिक...
बैशाख २८ गते, २०८३ - १९:३९
काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासभित्रै मत विभाजन देखिएको छ ...
बैशाख २८ गते, २०८३ - १९:३५
सिरहा । बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेख...
बैशाख २८ गते, २०८३ - १९:२२
बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ । नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही...
बैशाख २८ गते, २०८३ - १९:१९
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको ...


प्रतिकृया लेख्नुहोस्: