Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

श्रीलंकाका राष्ट्रपति निवासमा करोडौं रुपैयाँ भेटियोे

खबरडबली संवाददाता

काठमाडौं । शनिबार राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करौडौँ रूपैयाँ नगद बरामद गरेको बताइएको छ । 

प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरुले नोट गनिरहेको देख्न सकिन्छ । 

ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एउटा भिडियोमा केही प्रदर्शनकारी नोट गन्दै गरेको देखिएका छन् । श्रीलङ्काका संचारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ ।

यसैबीच, अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै बस्तु स्थितिबारे भन्न सकिने बताएका छन् ।

आर्थिक मन्दीको सामना गरिरहेको श्रीलङ्काको अवस्था झन दयनीय बन्दै गइरहेका समय राष्ट्रपतिको राजिनामा माग्दै  भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी राष्ट्रपति कार्यालय प्रवेश गरी सबै कक्षलाई आफ्नो कब्जामा लिएको घोषणा शनिबार गरेका थिए । 

राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्ष राष्ट्रपति भवन छोडेर भागेका थिए। 

 प्रदर्शनकारीको आक्रोशित भीड त्यसपछि प्रधानमन्त्री रनिलविक्रमा सिंघेको सरकारी निवासमा समेत पुगी आगजनी गरेका थिए ।

आर्थिक संकट झन गहिरिन थालेपछि देशभरबाट नागरिकहरु राजधानी कोलम्बोमा भेला भएका छन् । 

यसैबीच, राष्ट्रपति राजापाक्षेले यही जुलाई १३ मा राजीनामा दिने जानकारी यहाँको संसदका सभामुखलाई दिएको स्थानीय संचार माध्यमले जनाएका छन् ।

कडा सुरक्षा घेरा तोड्दै राष्ट्रपति कार्यालयमा प्रदर्शनकारी प्रवेश गरेपछि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शनिबार नै सर्वदलीय बैठक आयोजना गरी उचित विकल्प आएमा आफूले राजिनामा दिन सहमत भएको घोषणा गरेका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE