Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नोभेम्बर सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्ने

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसंघ ।  नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ ।

उक्त अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भन्नुभयो, “पृथ्वीको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारी हो । यो हामी अझै पनि एक अर्काप्रति को प्रतिबद्धताहरू पूरा गर्न चुकेका छौं भन्ने कुरा मनन गर्ने क्षण हो ।”   

‘वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२’ अनुसार सन् १९५० देखि अहिलेसम्म आइपुग्दा जनसङ्ख्या वृद्धि दरमा सुस्तता आएको छ । सन् २०२० मा यो दर एक प्रतिशत भन्दा कम भएको थियो ।   विश्वको जनसङ्ख्या सन् २०३० मा लगभग आठ अर्ब ५० करोड, सन् २०५० मा नौ अर्ब ७० करोड र सन् २०८० को दशकमा करिब १० अर्ब ४० करोड पुग्ने अनुमान वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२ ले गरेको छ । 

उप सहारा क्षेत्रका अफ्रिकी देशहरूले सन् २०५० सम्ममा विश्व जनसङ्ख्याको वृद्धिको आधाभन्दा बढी योगदान गर्ने अनुमान गरिएको पनि उक्त रिपोर्टमा उल्लेख छ । सन् २०५० सम्म अनुमानित वृद्धिको आधाभन्दा बढी हिस्सा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया गरी आठ देशहरूमा केन्द्रित हुनेछ रिपोर्टमा उल्लेख गरिएको छ ।

“तीव्र जनसङ्ख्या वृद्धिले गर्दा गरिबी निर्मूल हुन्छ, भोकमरी र कुपोषणविरूद्धको लडाईं अनि स्वास्थ्य तथा शिक्षा प्रणाली अझ जटिल हुन्छ । यसको विपरीत, दीगो विकास लक्ष्यहरू प्राप्त गर्नु, विशेष गरी स्वास्थ्य, शिक्षा र लैङ्गिक समानतासँग सम्बन्धित लक्ष्यहरू प्राप्त गर्दा प्रजनन स्तर कम गर्न र विश्व जनसङ्ख्या वृद्धिलाई सुस्त बनाउन योगदान पुग्नेछ,” रिपोर्टमा संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिलासम्बन्धी उप–महासचिव लिउ झेन्मिनले बताउनुभएको छ ।   

उक्त रिपोर्टमा बताइएअनुसार हालैका दशकहरूमा धेरै देशहरूमा प्रजनन क्षमता उल्लेखनीय रूपमा घटेको छ । प्रजनन क्षमताको निरन्तर न्यून स्तर र कुनै–कुनै अवस्थामा, बसाइँ सराइको उच्च दरको कारण ६१ देश वा क्षेत्रहरूको जनसङ्ख्या सन् २०२२ देखि सन् २०५० को बीचमा एक प्रतिशत वा त्योभन्दा बढी घट्ने प्रक्षेपण गरिएको उक्त अध्ययनले जनाएको छ ।

रिपोर्टमा सन् २०२२ मा विश्वको जनसङ्ख्या ६५ र त्योभन्दा बढी मुलुकमा जनसङ्ख्या १० प्रतिशतबाट बढेर सन् २०५० मा १६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । 

उक्त रिपोर्टमा भनिएको छ, “वृद्ध जनसङ्ख्या भएका देशहरूले सामाजिक सुरक्षा र पेन्सन प्रणालीको स्थायित्वमा सुधार गर्नुका साथै विश्वव्यापी स्वास्थ्य सेवा तथा दीर्घकालीन देखभाल प्रणालीहरू स्थापना गरेर वृद्ध व्यक्तिहरूको बढ्दो अनुपातअनुसार सार्वजनिक कार्यक्रमहरू अनुकूलन गर्न कदम चाल्नुपर्छ ।”

अहिले मृत्युदरमा थप कमी आएको छ र सन् २०५० मा विश्वव्यापी औसत आयु ७७।२ वर्ष हुने प्रक्षेपण गरिएको छ । 

सन् २०१९ मा विश्वव्यापी औसत आयु ७२।८ वर्ष रहेको रिपोर्टमा जनाइएको छ । यो सन् १९९० को तुलनामा करिब नौ वर्षको सुधार हो । तथापि, सन् २०२१ मा विश्वव्यापी औसत आयु ७१ वर्षमा झरेको थियो । प्रायजसो कोभिड–१९ महामारीको कारणले गर्दा, र कम विकसित देशहरूको औसत आयु विश्वव्यापी औसत आयुभन्दा सात वर्ष पछि रहेको पाइएको छ । 

सन् १९९० देखि विश्वभर जनसङ्ख्या वृद्धिसँग सम्बन्धित विषयहरूमा जनचेतना जगाउन जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाईंदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending