Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छः प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएको छन् ।

बुधवार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले देशलाई दुई दलीय शासनतिर लान खोजिएको बताउनुभएको अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनए। उनले पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताए। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए । त्यस्तै संसदमा माओवादी केन्द्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि दाहालले जोड दिनुभएको उनको भनाइ छ । 

बैठकमा अध्यक्ष प्रचण्डले भने, 'भूराजनीतिक स्थितिले गर्दाखेरी राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको छ । राष्ट्रियता, जनजिविकाका सवालहरू दिन प्रतिदिन पेचिलो बन्दै गएका छन् । यस्तो परिस्थितिमा हामीले नयाँ विचारको विकास गर्दै यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्ने । जनताका समस्याहरूको तथ्याङ्क सङ्कलन गर्ने । सदनलाई प्रभावकारी बनाउने । अन्तरक्रिया छलफल गर्ने । सरकारले पहिलेका सरकारले गरेका सुशासन, समृद्धिका कुराहरूलाई उल्ट्याउने खालको स्थिति बनाइरहेको छ । अब जनताको हक अधिकार खोसिने आशङ्का भएको छ । जनतामा आक्रोश पनि बढिरहेको छ । जनता सरकारका क्रियाकलाप, रवैयाप्रति असन्तुष्ट हुँदै गएको छ ।'  

यसैगरी सबै प्रतिपक्षलाई समाहित गर्दै संसदमा भएको शक्तिलाई प्रभावकारी बनाउने तथा अन्य फोरमहरूमा पनि सरकारको जनविरोधी क्रियाकलापहरू, भ्रष्टाचार विरोधी अभियान रोकिएको बताउँदै अध्यक्ष दाहालले लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श पनि कमजोर हुँदै गइराखेको उल्लेख गरे। 

उनले भने, 'दुई दलीय शासनतिर देशलाई लान खोजिएको छ । त्यसले अधिनायकवादतिर लाने सङ्केत देखा परेको छ । पश्चगमनतिर जान खोजेको छ । त्यसलाई रोक्नका लागि जनतालाई सुसूचित गर्नुपर्छ । प्रशिक्षित गर्नुपर्छ । पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ ।'

यस्तै, प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको बताए। प्रधानमन्त्रीले वृहत् शान्ति सम्झौताको विपरीत बोलेको उनले बताए। उनले नेकपा हुँदा दस्ताबेजमै जनयुद्धलाई सशस्त्र सङ्घर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनियत रहेको बताए।

उनले सरकारको गतिविधिका कारण यो सरकार दलाल पुँजीपति, बिचौलिया र माफियाहरूको पक्षमा छ भन्ने स्पष्ट भएको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्मा विमति जनाउछौं: कांग्रस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...

दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार, बलिङमा सन्दीपको छलाङ

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

सगरमाथा आरोहणबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, यो सिजनमा १.१७ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख...

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारमा डा.अग्रवाल नियुक्त

काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त ...

कांग्रेस सांसदलाई सभापति थापाले दिए प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। बुधबार सिंहदरबारस्...

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए पदबाट राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन्। वर्तमान सरकारले अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने उद्देश्यले...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending