Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

खबरडबली संवाददाता

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् । 

गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै गृहमन्त्रीले सहमति कार्यान्वयनमा कुनै पनि शङ्का नगर्न आग्रह गरेको हो । “यो सहमतिलाई कार्यान्वयन गर्ने भनेर नेपाली कांग्रेसको तर्फबाट हाम्रो पूर्ण प्रतिबद्धता छ”, उनले थपे, “नेकपा ९एमाले० ले पनि यो सहमतिको विकल्प नरहेको ठहर गर्दै यसलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ ।”

देशको आवश्यकता र जनताको चाहना बमोजिम दुई ठुला दलले सातबुँदे सहमति गरेर सरकार बनाएको गृहमन्त्रीको भनाइ थियो । उनले कांग्रेस र एमाले मिलेर यो देशमा ऐतिहासिक सफलताहरु प्राप्त गरेको बताए। गृहमन्त्री लेखकले भने, “२०४६-४७ को आन्दोलनमा हामी मिल्दा पञ्चायती व्यवस्थाको विरुद्धमा हामीले यो देशमा लोकतान्त्रिक व्यवस्था-बहुदलीय व्यवस्था स्थापना गर्‍यौं । २०५२ देखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्‍यौं । तत्कालीन माओवादीलाई शान्तिमा ल्यायौं र सहकार्यका साथ अगाडि बढ्यौं, त्यो कांग्रेस, एमाले मिलेरै भएको हो ।”

मिलेरै अन्तरिम संविधान, संविधान सभा र २०७२ को संविधान बनाई ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्नुहुँदै गृहमन्त्रीले अहिले पनि देशको विशिष्ट कार्यभार पूरा गर्नका लागि एक ठाउँमा उभिएको बताए । 

कांग्रेस, एमालेको सहमति देशको विकास र विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउन र संविधान कार्यान्वयनको क्रममा देखापरेका सवल तथा दुर्वल पक्ष, जटिलतालाई पहिचान गरेर आवश्यकतानुसार संविधान संशोधनका लागि रहेको लेखकको भनाइ थियो । उनले मुलुकमा सरकारको स्थायित्व, भ्रष्टाचार अन्त्य, सुशासन स्थापना गर्न, अर्थतन्त्रलाई चलायमान तथा क्रियाशील बनाउनका लागि दुई ठुला दलले सहमति गरेको उल्लेख गरे। 

संविधान संशोधनको कुरा उठ्दा कतिपय पार्टीका नेताहरु झस्किने गरेको भन्दै गृहमन्त्री लेखकले त्यसरी नझस्किन आग्रह गरे । उनले भने,“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृद्ध गर्न, संविधानलाई जनताको लागि झन् उपयोगी बनाउन र समावेशी चरित्रको राज्य बनाउने विषयलाई थप राम्रो बनाउनका लागि यो एजेण्डा ल्याएका हौं ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य आफूहरु मिलेर ल्याएको व्यवस्था रहेको उल्लेख गर्नुहुँदै उनले भने,“अहिलेको संविधान पनि हामीले मिलेर बनाएको हो । हामी यसप्रति प्रतिबद्ध छौं । यसको कार्यान्वयनमा प्रतिवद्ध छौं । त्यही गर्नका लागि यो समीकरण बनाइएको हो ।”

गृहमन्त्री लेखकले प्रहरीलाई आधुनिक बनाउँदै लगिने उल्लेख गर्दै आधुनिक खालको अपराध नियन्त्रणका लागि आधुनिक प्रहरीको आवश्यकता पर्ने गरेको बताए । नयाँ भवन निर्माणले प्रहरीको काम कारबाहीमा थप सहयोग मिल्ने उनको भनाइ थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending