तुलसीपुर । मानिसको बसोबासजस्तो देखिँदैन । वरिपरि घाँसैघाँस उम्रिएको छ । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । सरसफाइ छैन । भवन पनि भत्किन थालेको जस्तै देखिन्छ । यस्तो छ – नेपाल सस्कृत विश्वविद्यालय जनता विद्यापीठको तुलसीपुर–१८ विजौरीस्थित छात्राबास भवन ।
छात्राबासको बाहिरी आवरण जस्तो देखिन्छ भित्र पनि त्यस्तै छ । पुराना भवन, त्यसमा पनि सुत्ने खाट पुराना छन् । हावाहुरी चल्दा भित्रै धुलो पस्ने अवस्था छ । त्यहाँ बस्ने विद्यार्थी पनि डराइडराइ बस्नुपर्ने अवस्था छ ।
“भवन पुरानो छ, भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ”, विद्यार्थी उद्धव पोखरेलले भने।
नयाँ भवन बन्न लागेको भनी आफूहरूलाई जानकारी आएकाले त्यही अनुसार अहिले पुरानै भवनमा भए पनि गुजारा चलाउने गरेको धर्मशास्त्र तेस्रो वर्षमा अध्ययनरत उमेश उपाध्यायले जानकारी दिए ।
दैलेख निवासी उहाँ सात वर्षदेखि त्यही भवनमा बस्दै आएका छन्। लामो समयदेखि एउटै भवनमा बस्दै आएकाले त्यति असहज नलागे पनि संरचना भने जीर्ण हुँदा डर लाग्ने गरेको बताए ।
“म सात वर्षदेखि यहाँ बस्दै आएको छु”, उहाँले भने, “लामो समयदेखि बसेकाले होला, यसलाई सामान्य लाग्ने गरेको छ, तर भवन निकै जीर्ण छन्, जसोतसो गुजारा चलाइएको छ ।”
विसं २०४९ तिर उक्त छात्राबास भवन निर्माण भएको हो । लगभग ३० वर्ष पुगिसकेको त्यो भवनका हरेक संरचना कमजोर बन्दै गएका छन् ।
आफूहरु बस्दा भवन राम्रै भए पनि अहिले आएर भवन निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले बताए।
“म सात वर्ष यही भवनमा बसेँ, विसं २०५५ देखि २०६२ सम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ”, उनले भने, “यो बीचमा भवन पनि राम्रै थिए, तर अहिले आएर हेर्दा भवन पनि भत्केलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ ।”
त्यहाँ भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको काम भने अघि बढेको विद्यापीठका प्राचार्य योगराज शर्माले जानकारी दिए।
“भवन धेरै पुरानो भइसकेको छ, निकै जीर्ण भएकाले नयाँ भवन निर्माण गर्ने गरी हामीले छलफल गरिरहेका छौँ”, उनले भने, “हामीले कुनै दुर्घटना नहोस् भनेर प्राविधिकलाई पनि देखाएका छौँ ।”
त्यो भवनलाई मर्मत गर्न सम्भव नहुने भएकाले यही आर्थिक वर्षमा नजिकै रहेको सानो भवनमा विद्यार्थीलाई राखेर अहिले रहेको भवनमा नयाँ भवन निर्माण गर्ने योजना बनाएको उनको भनाइ छ ।
शिक्षक भवन बन्यो
विद्यार्थी जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ । करिब रु एक करोडको लागतमा गत वर्ष निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन् ।
“सहसचिव, उपसचिव स्तरका शिक्षक बाहिरबाट आउनुभएको छ, उहाँहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो”, प्राचार्य शर्माले भने, “त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो ।”
विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली भएको थियो । त्यसबेला शिक्षकलाई प्राथामिकता दिएको प्राचार्य शर्माको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - ०९:२४
सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...
फाल्गुन १९ गते, २०८२ - ०९:२१
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...
फाल्गुन १९ गते, २०८२ - ०९:१६
काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...
फाल्गुन १९ गते, २०८२ - ०९:०१
वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...
फाल्गुन १९ गते, २०८२ - ०८:१२
काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...
फाल्गुन १९ गते, २०८२ - ०७:५३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...
फाल्गुन १९ गते, २०८२ - ०७:५०
गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...
फाल्गुन १९ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...
फाल्गुन १९ गते, २०८२ - ०७:३९
तनहुँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...
फाल्गुन १९ गते, २०८२ - ०७:३०
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...



प्रतिकृया लेख्नुहोस्: