काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्।
अध्यक्ष प्रचण्डको सचिवालयले भारतको एक राजनीतिक कार्यक्रममा भोलि त्यसतर्फ जान लागेको जानकारी दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो।
उनको भ्रमण आकस्मिक नभएको सचिवलायले जनाएको छ। तर वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै अध्यक्ष भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ।
व्यक्तिगत भ्रमण भनिए पनि उनले भारतका कतिपय राजनीतिक व्यक्ति एवं गुप्तचर निकायका उच्च व्यक्तिहरुसँग भेटवार्ता गर्ने स्रोतको दाबी छ। यद्यपी उनले भारतमा गर्ने भेटघाटलाई गोप्य राखिएको छ।
प्रचण्डको केही समयदेखि भारतसँगको सम्बन्धमा तिक्तता आएको बताइन्छ। उनले भारतको सत्ताधारी पार्टीसँग आफ्नो पार्टी र व्यक्तिगत सम्बन्ध पुनर्स्थापना गर्न प्रयास गरिरहेका छन्।
नेपालका लागि भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवले प्रचण्डलाई खुमलटारमा दुई पटक भेट गरेका छन्।
सत्ताधारी पाँच दलमा दरार आइरहँदा प्रधानमन्त्री पत्नी आरजु देउवा भारत भ्रमणमा नै छन्। उनी चिनियाँ पाहुना आएकै दिन गत आइतवार भारततर्फ गएकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८१ - ०९:३२
खोटाङ । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । ...
मंसिर १४ गते, २०८१ - ०९:२२
काठमाडौं । प्रहरी अनुसन्धानमा सत्ताको छाया परेको भनेर आलोचना भइरहेका वेला कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरीको केन्द्रीय अनुस...
मंसिर १४ गते, २०८१ - ०९:१४
कास्की । पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा कागतीखेती शुरु गरेका छन्। गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्...
मंसिर १४ गते, २०८१ - ०९:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजबाट काठमाडौंमा शुरु हुँदैछ। लामिछानेलाई बिहीबार साँझ ...
मंसिर १४ गते, २०८१ - ०८:३४
पर्वत । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालन गरेका छन्। उनी पूर्वराष्ट्रसेवक एवम् जनप्रतिनिधि पनि ह...
मंसिर १४ गते, २०८१ - ०८:२३
मुस्ताङ । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल। पूर्वतर्फ उभिएको निलगिरि हिमाल। तालमा देखिने हिमालको छाया। शान्त र एकान्त व...
मंसिर १४ गते, २०८१ - ०७:४३
काठमाडौं । सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापालाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जवाफ फर्...
मंसिर १४ गते, २०८१ - ०७:३०
काठमाडौँ । स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेला...
मंसिर १४ गते, २०८१ - ०७:१९
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको ज...
मंसिर १४ गते, २०८१ - ०७:१५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्प...
प्रतिकृया लेख्नुहोस्: