काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।
उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।
गठबन्धनका तर्फबाट उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छन् ।
उता गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्न लागेको एमाले उम्मेदवार भट्टराईको प्रस्तावकमा एमालेकै सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।
प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ ।
संसद्मा कुल २७५ सदस्य रहेका भए पनि हाल ४ सांसदको पद खाली छ। बाँकी २७१ मा पनि चारजना निलम्बनमा रहेका २६६ जनाले मात्र मतदान गर्न पाउनेछन्। उपसभामुखका लागि बहुमत पुग्न १३४ मत चाहिन्छ।
गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन्। त्यस्तै, जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन्। गठबन्धनमा आबद्ध राजमोको एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक-एकजना सांसद छन्
संसद्को अंकगणितअनुसार कांग्रेस, माओवादी र नेकपा एसको मतले मात्रै पनि सत्ता गठबन्धनले सहजै उपसभामुख जित्न सक्ने देखिन्छ।
नेपालको संविधानको धारा ९० को उपधारा (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: