Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

काहुँ धर्मकाया बुद्ध मण्डला गण्डकी प्रदेश सरकारको प्राथमिकतामा

खबरडबली संवाददाता
कास्की । पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहु डाँडामा निर्माण गर्न लागिएको धर्मकाया बुद्ध मण्डलालाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको सक्रियतामा पोखरा महानगरपालिका–११ मा १७८ रोपनीमा बुद्धमूर्तिसहितका संरचना निर्माण गर्न लागिएका छन् । 
 
विशाल बुद्धको मूर्तिसहित ठूलो सङ्ख्यामा साधकले एकसाथ ध्यान गर्ने मिल्ने ध्यानस्थलका रुपमा यसको विकास गर्न लागिएको छ । समितिका उपाध्यक्ष राजबहादुर गुरुङ बुद्ध मण्डला निर्माण गर्न देश विदेशमा रहेका विभिन्न व्यक्तिको दान तथा खरिदबाट आठ रोपनी जग्गा प्राप्त भएको बताउछन्। अन्य जग्गा धारापानी सामूदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको हो । 
 
सबै जग्गाको उपयोग हुने गरी ध्यानस्थल, स्तूपा, पुस्तकालय, पर्यटन केन्द्रलगायत संरचना निर्माण गरिने भएको छ । गुरुयोजना तथा विस्तृत आयोजना प्रतिवेदन बनाउने तयारी छ । मण्डला निर्माण कार्य प्रदेश सरकारको  प्राथमिकतामा राहेको प्रदेश कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा बताउछन्।
 
मण्डला स्थापनापछि उक्त क्षेत्रको पर्यटकीय र रोजगारीमा टेवा पुग्नेछ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा यसका लागि रु ७० लाख विनियोजन गरेको छ । “प्राविधिक समस्या समाधान गरी निर्माणको काम अघि बढाउनु पर्छ”, थापाले भने। स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा संरचना निर्माण गरिनेछ । “यो क्षेत्र पर्यटकीय गन्तव्य बन्छ”, समितिका कार्यवाहक अध्यक्ष भरतराज शाक्य भन्छन्। 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष नेपाल भ्रमणका क्रममा संसद्मा सम्बोधनपछि पोखरालाई बुद्ध सर्किटसँग जोड्न तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको संयोजनमा बैठक बसी सुरुमा सिद्धार्थ यशोधराको मूर्तिसहितको उद्यान निर्माण गर्न समिति गठन गरिएको थियो । पहिला बुद्ध मण्डला निर्माण गर्ने योजना समितिको छ । 
 
मण्डला निर्माण गर्न सिङ्गापुरका नागरिक क्याथरिङ तानले डिजाइन गरिरहेको शाक्यले जानकारी दिनुभयो । पोखरा शहर, फेवाताल र हिमाल एकसाथ अवलोकन गर्न मिल्ने मण्डला निर्माण गर्न लागिएको छ । सराङकोट र विश्वशान्ति स्तूपमा पर्यटकीय चहलपहल बढेको छ । यहाँ २०२६ सालमा धरहरा निर्माण गरिएको छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरिलगायत हिमशृङ्खलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । उक्त क्षेत्रमा पोखराको चापापानीबाट सात किलोमिटर लामो सडक यात्रामार्फत पुग्न सकिन्छ । काहुँकोटमा बाइसे चौबिसे राज्यकालमा घले राजाको राज्य थियो । यहाँ देउराली मन्दिरसमेत छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: