Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

काहुँ धर्मकाया बुद्ध मण्डला गण्डकी प्रदेश सरकारको प्राथमिकतामा

खबरडबली संवाददाता
कास्की । पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहु डाँडामा निर्माण गर्न लागिएको धर्मकाया बुद्ध मण्डलालाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको सक्रियतामा पोखरा महानगरपालिका–११ मा १७८ रोपनीमा बुद्धमूर्तिसहितका संरचना निर्माण गर्न लागिएका छन् । 
 
विशाल बुद्धको मूर्तिसहित ठूलो सङ्ख्यामा साधकले एकसाथ ध्यान गर्ने मिल्ने ध्यानस्थलका रुपमा यसको विकास गर्न लागिएको छ । समितिका उपाध्यक्ष राजबहादुर गुरुङ बुद्ध मण्डला निर्माण गर्न देश विदेशमा रहेका विभिन्न व्यक्तिको दान तथा खरिदबाट आठ रोपनी जग्गा प्राप्त भएको बताउछन्। अन्य जग्गा धारापानी सामूदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको हो । 
 
सबै जग्गाको उपयोग हुने गरी ध्यानस्थल, स्तूपा, पुस्तकालय, पर्यटन केन्द्रलगायत संरचना निर्माण गरिने भएको छ । गुरुयोजना तथा विस्तृत आयोजना प्रतिवेदन बनाउने तयारी छ । मण्डला निर्माण कार्य प्रदेश सरकारको  प्राथमिकतामा राहेको प्रदेश कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा बताउछन्।
 
मण्डला स्थापनापछि उक्त क्षेत्रको पर्यटकीय र रोजगारीमा टेवा पुग्नेछ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा यसका लागि रु ७० लाख विनियोजन गरेको छ । “प्राविधिक समस्या समाधान गरी निर्माणको काम अघि बढाउनु पर्छ”, थापाले भने। स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा संरचना निर्माण गरिनेछ । “यो क्षेत्र पर्यटकीय गन्तव्य बन्छ”, समितिका कार्यवाहक अध्यक्ष भरतराज शाक्य भन्छन्। 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष नेपाल भ्रमणका क्रममा संसद्मा सम्बोधनपछि पोखरालाई बुद्ध सर्किटसँग जोड्न तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको संयोजनमा बैठक बसी सुरुमा सिद्धार्थ यशोधराको मूर्तिसहितको उद्यान निर्माण गर्न समिति गठन गरिएको थियो । पहिला बुद्ध मण्डला निर्माण गर्ने योजना समितिको छ । 
 
मण्डला निर्माण गर्न सिङ्गापुरका नागरिक क्याथरिङ तानले डिजाइन गरिरहेको शाक्यले जानकारी दिनुभयो । पोखरा शहर, फेवाताल र हिमाल एकसाथ अवलोकन गर्न मिल्ने मण्डला निर्माण गर्न लागिएको छ । सराङकोट र विश्वशान्ति स्तूपमा पर्यटकीय चहलपहल बढेको छ । यहाँ २०२६ सालमा धरहरा निर्माण गरिएको छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरिलगायत हिमशृङ्खलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । उक्त क्षेत्रमा पोखराको चापापानीबाट सात किलोमिटर लामो सडक यात्रामार्फत पुग्न सकिन्छ । काहुँकोटमा बाइसे चौबिसे राज्यकालमा घले राजाको राज्य थियो । यहाँ देउराली मन्दिरसमेत छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

सिंगापुर । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको...

मेरो नियुक्तिलाई रोक्ने प्रावधान कहीँ कतै छैन, भए देखाउनुस् : कपिल श्रेष्ठ

काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले नेपालको संविधान २०१९ र २०४७ मा समेत रहेको उल्लेख गर्दै राजदूत राजनीतिक नियुक्ति भ...

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

काठमाडौं । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । ...

सेयर बजारमा पहिरो, नेप्से २७३९ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजार २७३९ अंकमा कायम भएको छ ।  अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्...

युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जे...

चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

इलाम । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा वर्सेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज...

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् ।  ...

पलेशालाई महानगरले गर्यो नगद पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौँ । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । बु...

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy